दैलेखमा लम्पी स्किन रोगवाट झण्डै ६ सय पशुको मृत्यु

मातृभूमी संवाददाता । १७ श्रावण दैलेख
दैलेखका ११ वटै पालिकामा फैलिएको लम्पी स्किन रोगले पाँच सय ९४ चौपायको मृत्यू भएको र ७४ हजार सात सय ५३ पशुचौपाय बिरामी परेको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले जनाएको छ ।
मर्ने पशुबस्तुहरु सबै गाईगोरु भएको र बिरामी पर्नेहरुमा भैंसी समेत रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख भीमबहादुर बिष्टले बताए । बिरामी मध्ये १९ हजार नौ सय ६४ पशु चौपाय निको भएका उनले जानकारी दिए ।
लम्पी स्किन संक्रमणबाट पशुहरुमा फोका उठ्ने, पाक्ने र किरा पर्ने गरेको पाइएको बताउँदै पशु सेवा केन्द्र र स्थानीय तहका पशु सेवा प्राविधिकहरु परिचालन गरी प्राथमिक उपचारको प्रयास गरिएको बिष्टले बताए ।
प्राथमिकता उपचारपछि पनि निको नभएका पशु बस्तुहरुको थप उपचारका लागि प्रदेश सरकारको पाँच लाख र पशु अस्पताल दैलेखको एक लाख ८५ हजार रुपैंयाँ औषधि जिल्लाका ११ पालिका र पशु अस्पतालमा पठाइएको जानकारी दिइएको छ ।
जिल्लामा प्राप्त भएको एक हजार डोज खोप मध्ये दुल्लू र आठबीस नगरपालिका, ठाँटीकाँध, महाबु र भगवतीमाई गाउँपालिका गरी पाँच वटा पालिकामा चार सय पैतीस पशुबस्तुलाई लम्पी स्किन रोग विरुद्धको खोप लगाएको बताइएको छ ।
पशुबस्तु मरेका किसानहरुलाई क्षतिपूर्ति र उपचारमा सरकारी निकायबाट सन्तोषप्रद तरिकाबाट तत्परता नपाइएको राष्ट्रिय कृषक समूह महासंघका कणर्ाली प्रदेश सदस्य तेजबहादुर थापाको गुनासो छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले दिएको जानकारी अनुसार दैलेखमा किसानहरुले एक लाख २७ हजार छ सय २१ वटा गाईगोरु र एक लाख एक हजार चार सय तीन भैंसी पालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *