रेडियोको वार्षिक उत्सवको तेस्रो दिन कपडा वितरण

मातृभूमी संवाददाता । १७ श्रावण दैलेख
रेडियो मातृभूमी एफ.एम. ९६.५ मेगाहर्ज दैलेखले आफ्नो पहिलो वार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम संचालन गरेको छ । दोस्रो स्थापना दिवस तथा पहिलो वार्षिक उत्सवको अवसरमा रेडियोले सप्ताहव्यापी कार्यक्रम संचालन गरेको हो । रेडियो स्थापनाको एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा रेडियोले श्रावण १५ गतेदेखि २१ गतेसम्मको सप्ताहव्यापी कार्यक्रम गरेर मनाउने निणर्य गरेको छ ।
वार्षिकोत्सवको साप्ताहिक कार्यक्रम अनुसार तेस्रो दिन (श्रावण १७ गते) दैलेख वसन्तमाला वेदविद्या आश्रममा कपडा वितरण गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबिन रिजाल, रेडियो मातृभूमी एफ.एम. दैलेखका स्टेशन म्यानेजर भरतराज अधिकारी, समाचार प्रमुख तिर्थ भण्डारी लगाएतको उपस्थिति कपडा वितरण गरिएको रेडियो मातृभूमी एफ.एम. ९६.५ मेगाहर्ज दैलेखका प्रवन्ध निर्देशक भिम सिजापतिले जानकारी दिए ।
उक्त विद्यालयमा पाँच थान सानो व्लयांककेट, ११ मिटर पिफर्म वितरण गरिएको थियो । आफ्नो वार्षिक उत्सवको अवसरमा विद्यालयमा सानो सहयोग गरेको स्टेशन म्यानेजर भरतराज अधिकारीले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *