शैक्षिक वेथिति श्रृंखला-३ : ठाँटिकाधको कृष्ण माविमा ३१ हजार वढीको काम, ६ लाख वढी भुक्तानी

मातृभूमी संवाददाता । ०५ भाद्र दैलेख
दैलेखको ठाँटीकाँध गाउँपालिकामा रहेको कृष्ण माध्यमिक विद्यालयले ३१ हजारको सामाग्री खरिद गरी ६ लाख भन्दा बढी भुक्तानी लिएको पाइएको छ । विद्यालयले आइसिटी ल्याब बापत विभिन्न सामाग्री खरिदका लागी भन्दै ६ लाख १४ हजार १ सय ८८ रुपैयाँ भुक्तानी लिई ३१ हजार ४ सय ४० रुपैयाँको मात्र सामाग्री खरिद गरेको पाईएको हो ।
ठाँटीकाँध गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा उक्त विद्यालयमा आइसिटी ल्याब बापत विभिन्न सामाग्री खरिदका लागी भन्दै ६ लाख १४ हजार १ सय ८८ रुपैयाँ भुक्तानी दिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२३ (१) मा खरिद सम्झौता अनुसार भुक्तानी गर्दा वास्तविक कार्य सम्पादनका आधारमा भुक्तानी गर्नुपर्ने व्यवस्था छ । तर गाउँपालिकाले विद्यालयलाई आइसिटी ल्याब बापत विभिन्न सामाग्री खरिद गरेको भन्दै ६ लाख १४ हजार १ सय ८८ रुपैयाँ भुक्तानी गरेकोमा स्थलगत अनुगमन गर्दा १४ हजार ६ सय ९० रुपैयाँको एक थान रिभल्विङ्ग चेयर र १६ हजार ९ सय ५० रुपैयाँको एक थान अफिस टेबल मात्र खरिद गरिएको महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
महालेखाले विद्यालयमा ३१ हजार ६ सय ४० रुपैयाँको मात्र सामाग्री खरिद गरिएको देखिएकाले बाँकी ६ लाख १४ हजार १ सय ८८ रुपैयाँ भुक्तानीका लागि सिफारिस गर्ने तथा अनुगमन गर्ने पदाधिकारीलाई समेत जिम्मेवार बनाई सम्बन्धित विद्यालयबाट असुल गर्नुपर्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *