पर्यटन प्रबर्द्धनमा जोड दिन्छु : मन्त्री विसी

मातृभूमी संवाददाता । १५ कात्तिक जुम्ला
कर्णाली प्रदेश सरकारका उद्याेग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्ण कुमार बिसीले पर्यटन प्रबर्द्धनमा जोड दिने वताएका छन् । जुम्लाको पातारासी गाउँपालिका २ मा रहेको शंखर झरनाको स्थलगत अवलोकन गर्दै मन्त्री विसीले पर्यटन प्रबर्द्धनमा जोड दिने वताएका हुन् ।
मन्त्री विसीले झरना सम्मका संरचनालाई ब्यवस्थापन गर्न आवश्यक पुर्बाधार निर्माण गर्न पहल गर्ने वताए । उनले आफ्नो मन्त्रालयबाट हुने काम गर्ने र सरोकारावाला निकायले पनि यहाँको स्थानीय तहसंग समन्वय गरेर झरनाको संरक्षण गर्नुपर्ने धारणा राखे ।
जनभवना अनुरुप यस क्षेत्रको पर्यटन बिकासमा जोड दिने मन्त्री विसीले प्रतिवद्धता समेत गरे । जुम्लाको पातारासी गाउँपालिका २ मा रहेको शंखर झरना ७५ मिटर अग्लो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *