टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

मातृभूमी संवाददाता । २७ कार्तिक काठमाण्डौ
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निणर्य गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वल्र्डलिङ्क’ लगायतका कम्पनीहरूले टिकटक सोमवारदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै सबै टिकटक बन्द हुने जानकारी दिए ।
इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटर संस्थालाई पत्राचार भइसकेकाले छिट्टै टिकटक बन्द हुने प्राधिकरणको विश्वास छ । टिकटक बन्द गरेकोबारे मुख्यालयलाई पनि खबर गरिएको जनाइएको छ ।

टिकटक माथिको प्रतिबन्ध निरंकुशताको बाटो हो : अध्यक्ष लिङ्देन

sf7df8f}F,@^ k’;M
k|ltlglw;ef a}7sdf cWoIf lnªb]g
/fli6«o k|hftGq kf6L{sf cWoIf /fh]Gb| lnªb]g k|ltlglw;efsf] dªunaf/ a;]sf] a}7snfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/M /Tg >]i7÷/f;;

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटक बन्द गर्ने सरकारको निणर्यप्रति आपत्ति जनाएका छन् । अध्यक्ष लिङ्देनले टिकटक माथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त रहेको भन्दै यो निणर्य निरंकुुशताको बाटो भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रजातन्त्र, मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरूबाट टिकटक माथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ । यो निणर्य निरंकुशताको बाटो हो ।
अध्यक्ष लिङ्देनले कुनै पनि प्रकारका सामाजिक सञ्जालबाट हुन सक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक रहेको बताए । तर नियमनका नाममा प्रतिबन्ध स्वीकार नगरिने उनको भनाई छ ।
उनले भने, ‘आज टिकटक माथिको प्रतिबन्ध शुरुवात मात्र हो, भोलि एक्स (टुइटर), फेसबुक आदिमा प्रतिबन्ध हुन सक्छ । कुनै पनि नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइने अंकुशको विरोध गरिन्छ । टिकटक माथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *