भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २ सय ९० पुग्यो, ४ हजार ७ सय ९८ अझै बेपत्ता
मातृभूमी संवाददाता । १९ भाद्र काठमाण्डौ
भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २ सय ९० पुगेको छ । नेपाल प्रहरीले दएिको जानकारी अनुसार हालसम्म ३४ जना बालक, ४५ जना बालकिा, २ सय ५० जना महलिा र ४ सय २७ जना पुरुषको शव फेला परेको छ ।
यस्तै, ५ सय ३२ जनाको आंशकि अंग फेला परेको तथा दुई जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हालसम्म १ हजार १ सय ४३ जना मृतक र ७ सय १९ जना आफन्तको डीएनए नमुना संकलन गरएिको छ ।
बाढीमा परी स्वदेशी तथा वदिेशी गरी अझै ४ हजार ७ सय ९८ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी तथा उद्धार कार्य चलिरहेको छ । गएको भाद्र १० गते वुधबारका दिन भोटेकोशी नदिमा वाढी आएको थियो ।

