रास्वपा सभापति लामिछानेद्वारा पेट्रोलियम पदार्थ अन्वेषण स्थलको अवलोकन
मातृभूमी संवाददाता । १२ मंसिर दैलेख
ररास्वपा सभापति रवि लामिछानेले दैलेखमा रहेको पेट्रोलिय पदार्थ अन्वेषण स्थलको अवलोकन गरेका छन् । शनिवार सभापति लामिछानेले दैलेखको भैरवी गाउँपालिका १ जलजलेमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण स्थलको अवलोकन गरेका हुन् । प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन कर्णाली आएका लामिछाने शनिबार जलजले पुगेर पेट्रोलियम पदार्थ अन्वेषण स्थलको अवलोकन गरेका थिए ।
अन्वेषण स्थलको अवलोकनका क्रममा सभापति लामिछानेले लामो समयदेखि अधुरो रहेको पेट्रोलियम पदार्थ अन्वेषणको कामलाई अगाडि बढाउन पहल गर्ने बताएका छन् । कर्णालीको विकास र समृद्धि रास्वपाको प्राथमिकतामा रहेको बताउँदै पार्टी सरकारमा रहुन्जेल यस क्षेत्रको विकासका लागि आवश्यक पहल गर्ने सभापति लामिछानेले प्रतिबद्धता समेत बताएका छन् ।
काठमाण्डौ फर्किएपछि सम्वन्धीत मन्त्रालय, विभाग र सम्वन्धीत निकायसँग दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणको विषयमा विस्तृत रुपमा बुझेर उत्खननको विषयलाई उच्च प्राथमिकतामा राख्ने सभापति लामिछानेको भनाई रहेको थियो । उनले राष्ट्रिय गौरबको यस आयाजनाले कर्णाली मात्र नभई समग्र देशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए ।

