हे कान्छी.. सार्वजनिक (भिडियाे सहित)

मातृभूमी संवादाता । २० जेष्ठ दैलेख
दैलेखमा सुटिङ्ग भएको हे कान्छी … बोलको गित सार्वजनिक भएको छ । निकै मनमहोक दृश्यहरु समेटिएर बनाईएको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । प्रेमीकालाई फकाउन प्रेमीले खेलेको भुमिकालाई मुख्य रुपमा भिडियोमा देखाईएको छ । भिडियो तल्लो डुंगेश्वर, लोहोरे, गुराँसेको तरकारी वारी र सुर्खेतको कटुका देखाईएको छ । दैलेखको दृश्य ड्रोनबाट खिचिएको छ । भिडियो प्राकृतिकमय बनेको छ । निकै सुन्दर दृश्यले भिडियोलाई थप हेर्न लायक बनाईएको छ ।
दैलेखमा म्यूजिक भिडियो बनाउन यो टिम दोस्रो पटक आएको हो । पहिलो पटक आधुनिक गित सुटुक्क बाटो काटेर …को छायांकन दैलेखमै गरिएको थियो । पंचकोशी क्षेत्र, दुल्लु र दैलेखबजार लगायतका स्थानहरुमा यो वर्ष धेरै म्यूजिक भिडियो छायांकन भएको जनाईएको छ । नमराज सुवेदीद्धारा निर्देशित आधुनिक गितको म्यूजिक भिडियो हे कान्छी तिमीसंग मेरो मायाँ बसेछ ….. मनोरम दृश्यहरु कैंद गरिएको हो ।
दैलेखको पर्यटन प्रर्वधनमा भिडियोले थप ईटा थप्ने निर्देशक सुवेदीको भनाई छ । गायक महेन्द्र सेडाई र गायीका पूर्णनीमा लामाले गाएको आधुनिक गितको पुजा ,चन्द्र मोडलिग गरेका छन् । मेकअपमा सिर्जना शाहले गरेकी छिन । छायांकन दिनेश वलीले गरेको हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *