खानेपानी समस्या समधान गर्ने सामुहिक प्रतिवद्धता

मातृभूमी संवादता । १ श्रावण दैलेख

नगरपालिका भित्रको खानेपानीको समस्यालाई समधान गर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाका जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् । जम्बुकाँधमा चामुण्डाविन्द्रासैनी नगरपालिकाको आयोजना र हाम्रो तेस्रोआँखा दैनिकको सहजिकरण भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र नौं वटै वडा अध्यक्षहरुले संयुक्तरुपमा यस्तो प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले जम्बुकाँध, विन्द्रासैनी र डौसुरमा खानेपानीको समस्यालाई अबको केही समयमा समधान गर्ने बताए । आर्थिक वर्ष २०७६/०७७ मा कर्णाली प्रदेश र नगरपालिकाले १ करोड १० लाख रकम मजुवा बृहत खानेपानीका लागि छुट्याईएको उनले जानकारी दिए । साथै खानेपानीको समस्यालाई समधान गर्न कर्णाली लिफ्टिङलाई अघि सारिएको उनले वताए ।
पक्की भवन निर्माण गर्दा रिर्जभ ट्यांकी अनिवार्य बनाउनु व्यवस्था गरिएको उनले बताए । रिर्जभ ट्यांकी नबनाएको खण्डमा नक्सा पास नहुने नियम वनाईएको नगरप्रमुख शाहीले वताए ।
यसैबीच चालु आर्थिक २०७६/०७७ मा भदौ बाटै योजना सुरु गरिने प्रतिवद्धता जनाइएको छ । कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका उपप्रमुख ताराकुमारी शाही (खत्री) ले योजनाहरु भदौबाट सुरु गर्ने उनले बताईन् । साथै चामुण्डाविन्द्रासैनी नगरपालिकालाई समृद्ध नगरपालिका बनाउन सबैले आ–आफ्नो स्थानबाट जवाफदेहिता र उत्तरदायी बन्नुपर्ने बताईन् । जनप्रतिनिधिको प्रयासबाट मात्र समृद्धि हासिल गर्न नसकिने उनको तर्क छ ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक विकले आर्थिक वर्ष २०७६÷०७७ मा कार्ययोजना बनाई नगरपालिकाले संचालन गर्ने हरेक योजनाको भुक्तानी प्रक्रियालाई समयमै सक्ने बताए । राजनितिक दलहरुले तोकिएकै समयमा उपभोक्ता समिति गठन गर्न सहजिकरण गरेमा सम्पुर्ण योजनाको भुक्तानी जेठमै सक्ने उनको भनाई थियो ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष रंगबहादुर तामाङ्ग, वडा नं. २ का वडा अध्यक्ष जंगबहादुर विष्ट, वडा नं. ३ का वडा अध्यक्ष निरकबहादुर शाही, वडा नं. ४ का वडा अध्यक्ष टिकाराम शाही, वडा नं. ५ का वडा अध्यक्ष नारायण प्रसाद रेग्मी, वडा नं. ६ का वडा अध्यक्ष बखत बहादुर बोहोरा, वडा नं. ७ का वडा अध्यक्ष इन्द्रप्रसाद चौलागाई, वडा नं. ८ का वडा अध्यक्ष वीरबहादुर शाही र वडा नं. ९ का वडा अध्यक्ष नन्दप्रसाद जैसीले आ–आफ्नो वडामा आर्थिक वर्ष २०७५/०७६ मा संचालन गरेका विचिन्न गतिविधिको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रमको सहजीकरण हाम्रो तेस्रोआँखा राष्ट्रिय दैनिकका प्रधान सम्पादक महेन्द्र सापकोटा र कार्यकारी सम्पादक भिमवहादुर सिजापतिले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *