अतिआवश्यक औषधि वोकेर नौमूलेका अध्यक्ष र स्वास्थ्यकर्मी गाउँ–गाउँमा

मातृभूमी संवाददाता । १८ चैत्र दैलेख
नौमूले गाउँपालिका दैलेखका अध्यक्ष र स्वास्थ्यकर्मीको टोलि अतिआवश्यक औषधि लिएर गाउँ–गाउँ पुगिरहेका छन् । नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढा मगर र स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र शाही अति आवश्यक औषधि वोकेर हरेक वडामा रहेका स्वास्थ्य संस्थाहरुमा पुगिरहेको हुन् । सवारी चालक विदामा वस्दा गाउँपालिका अध्यक्ष वुढाले आफै गाडि चलाएर गाउँ–गाउँ पुग्ने गरेका छन् । विपद्मा होस् या अन्य जनचेतना जगाउन होस् गाउँपालिकाका अध्यक्ष वुढा सहितको टोलि गाउँ–गाउँ पुग्ने गरेको पाईएको छ ।
विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले मुलुक लक डाउनमा छ । गाउँमा विरामी छन् । भाग्यवस कोरोना गाउँ नआईपुगेको होला तर अन्य विरामिहरुको गाउँमा कमि छैन । रोग, भोक र अशिक्षाले गाउँलाई पहिले देखिनै गाँजेको छ । जति नै लक डाउन भए पनि गाउँमा विरामिलाई पखाला लाग्दा स्वास्थ्यकर्मीले जिवनजल वाँड्नै पर्छ । ज्वरो आउदा सिटामोल दिनै पर्छ भन्ने हेतुले गाउँ–गाउँमा रहेका स्वास्थ्य संस्थामा औषधि आपुर्ति गर्न आफै औषधि वोकेर गाउँ पुगिरहेको नौमूले गाउँपालिका दैलेखका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र शाहीले वताए ।
अतिआवश्यक औषधि तथा सामाग्रीहरुको सहज आपुर्तिका लागि अहोरात्र खटिरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले वताए । नौमूले गाउँपालिका अन्र्तगत रहेका विभिन्न स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु आफ्नै कार्य क्षेत्रमा खटेर कामकाज गरिरहेको भन्दै जनप्रतिनिधिहरु वडा–वडामा जनचेतना फैलाउने कार्यमा सक्रिय रहेको नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले जानकारी दिए । यस्तै ईलाका प्रहरी कार्यालयका सुरक्षाकर्मिहरु पनि घाम पानी नभनि अहोरात्र खटिएर गाउँपालिकालाई साथ दिईरहेको अध्यक्ष वुढाले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *