द्धारीका वडाअध्यक्षद्धारा अपिल

मातृभूमी संवाददाता । २२ चैत्र दैलेख –कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमवाट वच्नका लागि नौमूले गाउँपालिका ३ द्धारीका वडा अध्यक्ष गगनबहादुर रोकाले द्धारीवासीमा सचेत हुनको लागि अपिल गरेका छन् । शुक्रवार एक अपिल जारी गर्दै अध्यक्ष रोकाले वडा कार्यालयमा कोरोना सक्रमणवाट वच्नका लागि विभिन्न पूर्व तयारी अपनाइको अध्यक्ष रोकाले वताए ।
यो संकटको अवस्थामा यस रोगको सक्रमणवाट आफु पनि वच्न र अरुलाई पनि वचाउ सरकारले निषेध गरेको कुनैपनि क्रियाकलापहरु नगर्न नगाराउन अपिलमा अनुरोध गरिएको छ ।
साथै रोजगारीको शिलशिलामा विदेश तथा अन्य जिल्लामा रहि घर फर्किनुभएका व्यक्तिहरुलाई स्वास्थ्य परिक्षणको लागि यस वडामा ८ वेडको विशेष क्वारेन्टाइनमा निर्माण भइसकेको र उक्त क्वारेन्टाइनमा वसी आफु आफ्नो परिवार र समाजलाई कोरोना संक्रमणवाट वच्न वचाउन अपलिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *