थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय ४८ पुग्यो

मातृभूमी संवाददाता । १० जेष्ठ काठमाण्डौ
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिवार विहान ८ः४० मा जारी गरेको प्रेस विज्ञप्तिमा थप ३२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
संक्रमण हुनेमा कपिलवस्तुको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षिया पुरुष र २७ वर्षिया महिला रहेका छन् । यसैगरी सर्लाहीका गोडैता, कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५ र ३५ वर्षिया पुरुषमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ ।
यस्तै वाराको करैयामाई गाउँपालिकाका ३७ वर्षिया महिला, काठमाण्डौका ३५ वर्षिया र चितवनको भरतपुर ६ का ५२ वर्षिया पुरुषमा कोरोना देखिएको छ । रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षिया पुरुषमा देखिएको छ ।
यो संगै संक्रमितको संख्या ५ सय ४८ सय पुगेको हो । यो समचार तयार पार्दासम्म ७१ जना निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *