दैलेखमा वस दुर्घटना चालकको घटना स्थलमै मृत्यू

मातृभूमी संवाददाता । २१ दैलेख
दैलेखमा वस दुर्घटना हुँदा चालकको मृत्यू भएको छ । दैलेखको गुराँस गाउँपालिका ४ घोडावासमा बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको हो । बुधबार भारतबाट आएका नागरिकहरु लिएर दैलेख आएको बस उनीहरुलाई दैलेख छोडेर फर्केने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
भारतबाट आएका नागरिकहरुलाई क्वारेन्टाइनमा छोडेर कञ्चनपुर जाँदै गरेको ना ५ ख १६८५ नंबरको बस उकालो बाटोमा चढ्ने क्रममा ब्याक हुँदा दुर्घटना भएको र घटना स्थलमै चालको मृत्यु भएको ट्राफिक चेकपोष्ट रानिमत्ताका ट्रापिक हवल्दार कुवेर केसीले जानकारी दिए । उनका अनुसार सहचालक घाइते भएको र उनलाइ तत्काल सुर्खेत पठाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *