ठाँटिकाँध जौचौरका वासिन्दा खुला चौरमा बस्न वाध्य

मातृभूमी संवाददाता । ४ भदौ दैलेख
दैलेखको ठाँटिकाँध गाउँपालिकामा पहिरोको जोखिम भएका ठाउँका स्थानीयले सावधानी अपनाई रहेका छन् । पहिरोले ठाँटीकाँध गाउँपालिका २ को जौचौरमा घरहरु चर्केपछि उच्च जोखिम भएका १७ घर परिवार गाउँमाथिको बिजारे चौरमा खुला रुपमा वस्न थालेको स्थानीय डम्वर बहादुर लामिछानेले जानकारी दिए ।
तल खोलाले कटान गर्न थालेको र गाउँको माथिबाट पहिरो झरिरहन थालेपछि करिव ७० घर रहेको जांैचौरमा उच्च जोखिम भएका १७ घर परिवार बुधवारदेखी बिजारे चौरमा खुला रुपमा बस्दै आएको ठाँटीकाँध गाउँपालिका २ का वडासदस्य कर्णबहादुर सलामीले बताए ।
ठाँटीकाँध गाउँपालिका २ का वडाध्यक्ष रुपलाल बिश्वकर्माले स्थानीयहरु बिजारेको खुलाचौरमा बसिरहेको जनाकारी दिए । वडाध्यक्ष विश्वकर्माले प्रभावित परिवारको राहत तथा पुर्नःस्थापनाको निम्ति गाउँपालिका र सरोकारवाला निकायमा पहल भइरहेको बताए ।