पर्यटकको केन्द्र बन्दै दैलेखको राकमकर्णाली

तस्वीर : साैजन्य भक्त शाही

मातृभूमी संवाददाता । २७ मंसिर दैलेख
दैलेखको परिश्चम आठविस नगरपालिकाको राकमकर्णाली पर्यटकको मुख्यकेन्द्र विन्दु बनेको छ । रारा, मनोसरोबर, शेफोक्सुण्ड ताल, कैलाश र सुदुरपश्चिमको रामारोशन, खप्तड जाने अधिकाँश पर्यटकहरु कर्णाली राजमार्ग हुदै ती स्थानमा जाने हुँदा आठविस नगरपालिकाको राकम कर्णाली पर्यटकको केन्द्रविन्दु बनेको हो ।
आठविस नगरपालिका पर्यटकको मुख्य केन्द्र विन्दु भएका आजभोली राकमकर्णालीमा धमाधमा होटलहरु खुलिरहेका छन् । आर्थिक बर्ष ०७५÷०७६ बाट रारा र मानसरोवर जाने पर्यटककमा बृद्धि हुँदा पर्यटकलाई खाना र बासका लागी हुने समस्यालाई मध्यनजर नेपालगञ्जबाट आएर होटल सञ्चालन गरेको ओएसिसका होटल सञ्चालक बताए । उनले भने, यसपाली सबै व्यवस्था मिलाउँदा भनेजस्तो कमाउन सकिएन । आउँदो बर्षमा आम्दानी हुने चिन्ता छैन । आर्थिक बर्ष ०७६÷०७७ मा आम्दानी हुने आशा थियो । विश्वव्यापी कोरोना महामारीले गर्दा होटल व्यवसाय नै ठप्प भए । तर चालु आर्थिक बर्षमा फाटफुट रारा जाने मानिसको आगमनले आशा जगाएको छ सञ्चालकले भने ।
हाम्रो देशमा कर्णाली भन्ने बित्तिकै दुर्गम, गरिवी जनचेतनाको कमी भनेर चिनिन्छ । विकट मानिएको कर्णालीमा प्रदेश समृद्धिका थुप्रै आधारहरु छन् । त्यसैले कर्णालीलाई विकट भनेर चिनिएपनि मुलुकको सम्भावना बोकेको कर्णाली प्रदेश हो । नेपाल सरकारको तथ्यांकमा यो प्रदेशमा ५२ प्रतिशत जनता गरिवीको रेखामुनी रहेका छन् ।
कर्णालीमा प्रदेशमा ऐतिहासिक, धार्मिक र पुरातात्विक सम्पदाले भरिपुुर्ण मानिन्छ । तिब्वतको कैलाश देखी भारतको गंगासँग मिसिने ५०७ किलोमिटर कर्णाली नदी कर्णाली प्रदेशको सम्पदा हो । प्राकृतिकले दान दिएको यो नदी विश्वकै दुर्लभ पाँचौ नदीमा रहेको छ । भोलीका सन्ततिले कर्म गरेर नदीबाटै लाखौंको आम्दानी गर्न सक्छन् । कर्णाली प्रदेश पर्यटनबाटै समृद्ध हुनसक्छ । जलस्रोत, जडिबुटी, जंगल, पत्थरखानी, हिमाल, ऐतिहासिक वस्तीहरु रहेको राजमार्गको वरपरको सुन्दरतालाई कमैले चासो दिएका छन् । सबैलै कर्णाली नदी तिरमा रहेको साँघुरो सडकको मात्रै बखान गरे । यहाँको साँघुरो सडकमा हुने सवारी दुर्घटनाबारे चर्चा गरे । अब विकटताको होइन, कर्णालीको प्रदेशको प्राकृतिक सौदन्र्यता, सम्पदाको प्रचार–प्रसार गर्न जरुरी रहेको स्थानीय बुद्धिजिवी बताउँछन् । हामीले जहिले पनि कर्णालीलाई मागी खाने बनायौं । समस्या मात्र देखायौं । प्राकृतिक सौर्दन्य र सम्पदा ऐतिहासिक कुराको व्याख्या गरेनौं । त्यसको लागि प्रदेश सरकार र स्थानीय सरकारले कार्यायोजना बनाएर लाग्नुपर्ने श्रीकृष्ण उमाविका शिक्षक नरबहादुर रोकायले बताए । कर्णाली प्रदेशमा आर्थिकस्तर बढाउन केही गर्नु नै पर्दैन । प्राकृतिक स्रोत साधनको प्रयोग र कर्णालीलाई जे छ त्यसलाई नविगारी दिए पुग्छ, उनले भने ।
उच्च हिमाली भेगमा फल्ने जुम्लाको कालो मार्सी धान, स्याउ, स्वादिष्ट आलु र सिमी, स्थानीय जातका खसी यहाँका बिर्सन नसकिने कोशेली कमैले चर्चा गरे । राज्यका निकायहरुले जुम्लाका सिमी खरिद गरेर काठमाडौं पठाउने गरेका छन् भने करोडौंको स्याउ यहाँबाट निर्यात हुने गरेको छ । आर्थिक ०७५÷०७६ वर्षमा नगरपालिकाले सहरी पूर्वाधारका लागि कृषि, आवास, विद्युत, सार्वजनिक खुल्ला क्षेत्र, पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन र ऐतिहासिक मठमन्दिरहरु निर्माणमा करिब १७ लाख वजेट विनियोजन गरेको छ । मुगुमा अवस्थित रारा तालले पर्यटकहरुको संख्यामा वर्षेनी बढोत्तरी गराइरहेको छ । कर्णाली राजमार्गमा सडक सुरक्षाका उपायहरु अवलम्बन गर्न थालिएपछि आन्तरिक पर्यटन फस्टाएको दैलेख र कालिकोट सिमानामा अवस्थित आठबिस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायको भनाइ छ ।
मुलुककै सबैभन्दा लामो नदी कर्णालीको तिरबाट यात्रा गर्नेले वरपरको प्राकृतिक सुन्दरता, नदी किनारका ऐतिहासिक मनोरम वस्तीहरु, नयाँबजारहरु, बाह्रै महिना पाईने कर्णालीका स्वादिष्ट सहरमाछा, असला माछा, अर्गानिक कोदो, फापर, मकै आदिबाट बनाइने स्वादिष्ट परिकारहरुको कमैले चर्चा गरे ।
ऐतिहासिक खसराज्य र नेपाली (खसभाषा)को उद्गम स्थल सिंजा क्षेत्र, नेपालकै सबैभन्दा ठुलो ताल रारा जाने मुलद्धार नै दैलेखको राकम कर्णाली हो । नदीकै नामबाट ६ नम्बर प्रदेशको नाम सर्वसम्मत रुपमा कर्णाली राखिएको छ । कर्णाली प्रदेशमा पुग्न राजधानी सुर्खेत पुग्नै पर्छ ।
नगरपालिकाले राराताल पुग्ने पर्यटकहरुलाई राकममा आकर्षित गर्न प्याराग्लाईडिङ्ग र आठवीस नगरपालिका भएर बग्ने करिव ५० किमी कर्णाली नदीमा जलयात्रा गराउने योजना अघि सारेको छ । त्यसका लागि ४ लाख बजेट विनियोजन गरि कर्णाली प्रदेशको पर्यटन मन्त्रालयबाट ¥याफ्टिङ खरिद गरि सञ्चालनमा ल्याउने तयारी भईरहेको आठविस नगरपालिकाका प्रमुख उपाध्यायले जानकारी दिए । प्रदेश सरकारको गतबर्षको बजेटबाट ¥याफ्टिङ खरिद गरिएको हो । केही दिन भित्र सञ्चालन हुन्छ उनले भने ।
कर्णाली राजमार्गको मुखैमा पर्ने २१ सय मिटर उचाईको सुर्खेतको सिद्धपाईला, रातानाङ्गला, रानीमत्ता र दैलेखको गुराँसे, गाईवान्ना, घोडावास, कान्छीवजार, पाथीकान्ला सम्मका क्षेत्रलाई लालीगुराँस संरक्षण क्षेत्र घोषणा गरेर विशेष ग्रामिण पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने दैलेख निर्वाचन क्षेत्र नं. १ संघिय साँसद रविन्द्रराज शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *