दैलेखमा पनि सरकार विरुद्ध कांग्रेसको प्रदर्शन

मातृभूमी संवाददाता । २९ मंसिर दैलेख
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले दैलेखमा सरकार विरुद्ध विरोध प्रर्दशन गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति दैलेखको आयोजनामा काँग्रेस कार्यकर्ताले सदरमुकाममा विरोध प्रर्दशन गरेका हुन् । काँग्रेसका नेता तथा कार्यकर्ताहरु दैलेख सदरमुकाम स्थित गणेश चोकमा जम्मा भएर बाजागाजा सहितको ¥यालीमा उल्लेख्य संख्यामा कांग्रेस नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो । गणेश चोकबाट सुरु भएको ¥याली डेकेन्द्र चोक, देवकोटा चोक हुँदै स्थानीय टुडिखेलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोण सभालाई काँग्रेसका जिल्ला स्तरिय नेताहरुले सम्बोधन गरेका थिए । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तरगत दैलेखमा पनि प्रर्दशन गरिएको नेपाली काँग्रेस दैलेखका उपसभापति रिता शाहीले बताइन् । वर्तमान सरकारको सर्वसत्तावादी प्रवृति, दमन, भ्रष्टाचार, कोरोना नियन्त्रणमा असफलता, राज्य आतंक, चर्को मुल्यबृद्धि, महिला हिंसा, कुशासन, अभिनायकवादी शैली विरुद्ध विरोध प्रर्दशन गरेको उपसभापति शाहीको दाबी छ ।
प्रर्दशनबारे संक्षिप्त प्रतिक्रिया दिँदै काँग्रेस दैलेखका सचिव भुपेन्द्र शाहीले सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको बताए । देश कुन अवस्थामा छ भन्नेबारे ध्यान नदिने, हत्या हिंसा, बलात्कार, भ्रष्टाचार निर्मुल गर्न नसक्ने र निर्मला पन्तको वलात्ककार पछि भएको हत्या काण्डदेखि हालसम्म काण्डै काण्डै फसेको सरकार विरुद्ध सडकमै पुगेर प्रर्दशन गर्नुपरेको काँग्रेस दैलेखका सचिव टेकबहादुर कटुवालले बताए । उनले सरकारको कार्यशैली र व्यवहारका कारण आमनागरिकमा सरकारप्रति व्यापक वितृष्णा फैलिएको दाबी गरे ।
नेपाल महिला संघका अध्यक्ष सिता रानाले सरकार विरुद्ध नेपाली काँग्रेस संयमित भई सशक्त ढंगले अघि बढेको प्रतिक्रिया दिइन् । लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत जनताले राखेको सार्थक परिणाम वर्तमान सरकारले पुरा गर्न नसकेको रानाको आरोप छ ।
काँग्रेसकी महिला नेतृ निर्मला थापाले नेपाली काँग्रेसले जिम्मेवार प्रतिपक्षीको भूमिका निभाउँदै आएकोमा सरकारले त्यसलाई कमजोरीका रूपमा लिएको दाबी गर्दै अब सरकार विरुद्ध सशक्त ढंगले विरोधमा उत्रिने बताइन् ।
कांग्रेस दैलेखका युवा नेताहरुले विरोधलाई सांकेतिक प्रदर्शन भन्दै सरकार विरुद्धको आन्दोलनको सुरुवात मात्रै भएको दाबी गरे ।
विरोधसभामा वोल्ने अधिकांस नेताहरुले नेकपा सरकार काण्डै काण्डमा फसेको वताएका थिए । ३३ किलो सुन काण्ड, निर्मला पन्त हत्या काण्ड, वालुवाटार जग्गा प्रकरण लगाएतका विषयमा आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *