सूर्य चिन्हमा आँखा नलगाउन महेश बस्नेतको चेतावनी

मातृभूमी राजनितिक व्युरो । १३ पौष सुर्खेत
नेकपामा विभाजनपछि दुवै समूहले देशभर छुट्टाछुट्टै प्रदर्शन गरिरहेका छन् । कसले बढी कार्यकर्ता उतार्ने भन्ने होडवाजी दुवै समूहमा देखिएको छ । नेकपाबाट विभाजन भएको प्रचण्ड–नेपाल समूहले सुर्खेतमा प्रदर्शनको तयारी गरिरहेको बेला ओली समूहले सोमवार वीरेन्द्रनगरमा युवा भेलाको आयोजना गरेको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले सोमबार युवा भेला पूर्व बृहत ¥याली निकालेको थियो ।
बजार परिक्रमापछि वीरेन्द्रनगरको घण्टाघरमा आयोजित भेलालाई सम्बोन्धन गर्दै पूर्व युवा संघका अध्यक्ष एवम् नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले प्रचण्ड–नेपाल समूहलाई सूर्य चिन्ह र पार्टी कार्यालयमा आँखा नलगाउन धम्की दिएका छन् ।
‘बलिदान दिएर स्थापित गरिएको सूर्य चिन्ह तपाँईको विर्ता हैन्, कमरेड हाँडी लिएर चुनावी मैदानमा उत्रिनुहोस्,’ बस्नेतले भने, ‘दुई तिहाईको बहूमत प्राप्त सरकारलाई सफल बनाउन छाडेर प्रधानमन्त्री विरुद्ध मोर्चावन्दी गर्ने तपाँईको हैसियत हाँडी चुनाव चिन्ह जनतामाझ जानु उपयुक्त विधि हो ।’
उनले केपी ओलीसँग मिल्न हैन निल्ल आएकाहरु चोइटिएर गएको टिप्पणि गरे । ‘ओलीले मिलाउन खोज्नु भयो, प्रचण्ड–नेपालले निल्न खोज्दा पार्टी मिलाउने क्रममा आज आफै विभाजित भएर गए ।’
पूर्व मन्त्री समेत रहेका बस्नेतले थपे, ‘माधव नेपालतर्फ ईन्कित गर्दै ओली विरामी भएको बेला कुर्सी भाँच्ने तपाई प्रचण्डको सती जानु भएको छ, माइती घरको सडकमा बस्दा क्या मजा आयो होला, सूर्य माथि आँखा लगाउने तपाइँको हैसियत र औकात पुग्दैन् ।’
ओलीलाई उडाएर मोर्चावन्दी गरेर पछार्न खोजेपछि संसद विघटनपछि प्रचण्ड–नेपाल विभाजन भएर गएको बस्नेतले आरोप लगाए । ‘सामन्त र प्रतिगमनकारी भन्दै कुर्लनु हुन्छ रे उता सडक तिर, केपी भनेको सुन्न चाहनु हुन्न भने खड्कप्रसाद ओली भन्नुहोस्,’ बस्नेतले थपे, ‘विकासवादी र अपराधीलाई कारवाही गर्दा नेता ओली विरुद्ध एकाग्र भएर लाग्नुभयो, अब सडकमै बस्नुहोस ।’
अन्य कुनै उपाय नलगाएर निर्वाचन हुँदैन भन्ने भ्रम प्रचण्ड–नेपाल समूहले गरिरहेका बस्नेतले भने, ‘नेपाली काँग्रेस चुनावको पक्षमा छ, बाहिर देखावटी प्रदर्शन गरेपनि यो उसको चुनावी सभा हो, केपी ओलीले गर्नु भएका राम्रा कामको प्रचार र प्रचण्ड–नेपालले कामै गर्न नदिएको सन्देश टोल तहसम्म पु¥याउन आम सम्पूर्ण कार्यकर्तालाई अनुरोध छ ।’
ओली समूह नै मुलधार र संस्थापन पार्टी भएको बस्नेतको दावी छ । प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव संसदिय दलमा दर्ता गर्ने आँट नभएपछि संसद सचिवालयमा दर्ता गरेको बस्नेतको आरोप छ । पार्टी विभाजनको प्रमुख नायक प्रचण्ड भएको र उनको सती नेपाल र खनाल गएको बस्नेतले आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *