पहिरोले टोलनै उठिवासमा, राहतको आसमा पिडीत

मातृभूमी संवाददाता । ०१ भदौ दैलेख
गत वर्षदेखि नै पहिरोले उठिवास बनाएको नौमूले गााउँपालिका ४ कालिकाको उत्तीसेनी वस्ती पुरै पहिरोको उच्च जोखीममा रहेको छ । २०७४ सालदेखि उक्त टोलमा पहिरोले त्रास ल्याउँदै आएको भए पनि गतवर्षवाट भने त्यस टोलको वस्तीलाई उठिवासनै बनाइर्दिको छ ।
जोखिम हुँदा हुँदै पनि अन्य स्थानमा वस्नको लागि ठाउँ नहुँदा जोखिम मोलैरै केहि घरपरिवा त्यही आसपासमा वस्दै आएका छन् । ठुलो पानि परेपछि टाढा जंगल छेउमा पालको टहरा वनाएर दिन जोहो गर्दै आएका उत्तीसेनीवासी भने अहिले राहतको पर्खाइमा बसेका छन् । २६ घरधुरीको वसोवास रहेको उत्तीसेनी टोलको जमिन पहिरोले भासीन थालेपछि उनीहरुको वस्तीनै उठिवास भएको थियो ।
२०७४ साल देखि वग्न थालेको पहिरोले अहिलेसम्म केहि घर वगाइसकेको छ भने अन्य घर पहिरोको उच्च जोखिमममा रहेको स्थानीय सरीता वस्नेत वताउँछिन् । अहिलेपनि ठुलो पानी पर्न थालेपछि रातभर जागरम वस्नु पर्ने वाध्यता रहेको पिडीत सरीताले दुखेसो पोखिन् । पहिरोले टोल नै वगाउन लाग्यो हामिलाई गास वासको व्यवस्था मिलाइदिनु पर्‍यो उनले भनिन् अव यहा कसरी वसौ, कतिदिन आफन्तकोमा वसेर रात काट्ने हो ।
०७४ को पहिरोले घर र २५ रोपनी भन्दा वढि जग्गा जमिन वगाएर केहि दिन आफन्तकोमा वसेर दिन रात काट्न वाध्य भएको गहभरी आँसु झार्दै आफ्नो व्यथा पोख्छीन् पिडीत देविका वुढा । गोठथरीमा सानो झुपडी हालेर दिन काट्दै आएकी देविकाले सरकाले गाउँ ठाउँमै वस्ने वासका लागि व्यवस्था मिलाइदिए आर्काको काम गरेर पनि जिवीको गुजार्ने वताइन् ।
पहिरोले ७ घरपरिवारको घर वगाएर वासनै उठिवास पारेपछि अहिले केहि आफन्तको घरमा वस्दै आएका छन् भने कोही भारतमा गएर मजदुरी गरी जिवीको टार्दैै आएको नौमूले गाउँपालिका ४ कालिकाका नि. वडा सचिव महेन्द्र शर्माले वताए । अन्य घरका घरपरिवार भने पानी पर्‍यो भने नजिकै जंगलमा पालको शाहारमा वस्ने गर्दछन् भने पानि फाटेपछि चर्किएका घरमा वस्न वाध्य भएको शर्माले वताए ।
पहिरोले टोल नै उजाड वनाउन लागेपछि नजिकैको खरवारीमा सानो झुपडी वनाएर रात दिन विताउँदै आएका अर्का पिडीत पहलबहादुर पुन मगरको पनि गुनासो उस्तै छ । ‘जाम कहाँ जाम वसम् कसरी वसम् पानी परेपछि रातभर ढोकामा वसेर कता भाग्ने भन्ने मात्रै चिन्ता हुन्छ ।’ पैसा भए पनि सानो तिनो वस्ने आधार कतै किनेर पनि चलाउन सकिने उनि वताउँछन् । पानी परेपछि सवै परिवार उठेर रातभर ढोकामा वसेर रात काट्दै आएका उक्त टोलका स्थानीयहरु न पेटभरी ढुक्कसंग खान पाउँछन् नत आरामसंग सुत्न पाउँछन् ।
पहिरोले टोलनै भासीयपछि वस्ती विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले उत्तीसेनीवासीको लागि तत्काल सोच्नुपर्ने वताउँछन् स्थानीय चन्द्रलाल वस्नेत ।
गत वर्ष पहिरो अनुगमन लगतै गाउँपालिकाले त्यस वस्तीमा केही राहत व्यवस्थापन गरेको नौमूले गाउँपालिका ४ कालिकाका वडा अध्यक्ष गजबहादुर ढेंगाले वताए । उनले यो वर्ष पनि त्यस वस्तीका स्थानीको अवस्था दयनिय भएकाले स्थानीय संघ सस्थासंघ राहतको लागि अनुरोध गर्ने निणर्य भएको वताए । उनका अनुसार बृहत कार्यक्रम वनाएर त्यस टोलका नागरिकलाई अन्यत्र सुरक्षित स्थानमा वस्नका लागि पहल गरिनुपर्छ ।
नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढाले अहिले पनि राहको लागि पहल भएको र त्य भेगका स्थानीयलाई सुरक्षित वासका लागि संघ प्रदेशसंग समन्य गरेर अगाडि वढिने वताए । अन्य संघ सस्थासंग समन्वय गरेर जोखीम वस्तीका नागरिकको लागि आफुले पहल गर्ने वुढाले वताए ।

द्धारीमा पनि पहिरोको जोखिम

नौमूले गाउँपालिकाको ३ नं. वडा द्धारीका केहि घर पहिरोको जोखिममा पर्नुका साथै झण्डै ४ रोपी खेतवारी पहिरोको उच्च जोखिममा परेको छ । द्धारी हाइडोले आर्‍नो कामको लागि सडक वनाउएपछि उक्त घर तथा खेतवारी जोखिममा रहेको हो ।
सिमखेत भन्ने स्थानवाट पहिरो जान थालेपछि द्धारीको भिरकुना टोल लगाएतका वस्ती उच्च जोखिममा रहेको नौमूले गाउँपालिका ३ द्धारीका वडा अधयक्ष गगनबहादुर रोका मगरले जानकारी दिए । नौमूले गाउँपालिकाको कार्यपालिका वैठकवाट उच्च जोखिममा रहेका घरपरिवारको तथ्यांक संकलन गरी राहतको लागि स्थानीय संघ सस्था तथा गैह्र सरकारी संस्थासंग समन्वय गरी राहत व्यवस्थापने गर्ने निणर्य भएको गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष रोका मगरले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *