एमालेको वडा अधिवेशन शनिबारदेखी सुरु हुँदै
मातृभूमी राजनितिक व्युराे । ०१ कार्तिक काठमाण्डाै
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यही कात्तिक ६ गते वडाहरुको अधिवेशन शनिबारदेखि सुरु गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडाहरुको अधिवेशनको एकसाथ उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
शनिबार बिहान ११ बजे पार्टी अध्यक्ष ओलीले देशभरका इन्टरनेटको पहुँच भएका वडाहरुको अधिवेशन एकसाथ भर्चुअल उद्घाटन गर्ने तयारी गरिएको उनले जमनकारी दिए । यसैलाई नै औपचारिक उद्घाटन मानेर अधिवेशनका कार्यक्रम अघि बढ्ने एमालेले जनाएको छ ।
हालै ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न विधान महाधिवेशनले एमाले महाधिवेशनको कार्यतालिका तय गरेको थियो । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म बुटवलमा गर्ने कार्यतालिका तय गरेको छ ।