भैरवीका २ खानेपानी योजनालाई पुर्ण सरफाई युक्त क्षेत्र घोषणा

मातृभूमी संवाददाता । २० मंसिर दैलेख
दैलेखको भैरवी गाउँपालिकाका २ वटा खानेपानी योजना क्षेत्रलाई पुर्ण सरसफाई युक्त घोषणा गरिएको छ । भैरवी गाउँपालिका ग्रामीण जलस्रोत ब्यवस्थापन परियोजनाको सहयोगमा निर्माण सम्पन्न भएको काउले ओडार तुसारेपानी खानेपानी तथा सरसफाई योजना वडा नं. ६ र धुरस्याधारा खोला खानेपानी तथा सरसफाई योजना वडा नं. १ रावतकोट लाई भैरवी गाउँपालिका जनप्रतिनिधी कर्मचारी, परियोजना, सरोकारवाला र उपाभोक्ताहरुको उपस्थीतिमा सरसफाईका सुचक समुदायले पुरा गरे पछि पुर्ण सरसफाई युक्त क्षेत्र घोषणा गरिएको हो । काउले ओडार तुसारेपानी खानेपानी योजनाका ६८ घर र धुरस्याधारा खोलाका ५४ घरका उपभोक्ताहरुले पुर्ण सरसफाईका ७ वटा सुचक चर्पीको प्रयोग तथा ब्यवस्थापन, ब्यक्तिगत सरसफाई, खानेपानीको ब्यवस्थापन, सुरक्षित खाना खाने ब्यवहार, घरायसी सरसफाई, महिनावारी भएको वेला सरसफाई र वातावरणीय सरसफाईका सुचक पुरा गरेको अनुगमन पश्चात विभिन्न साँस्कृतिक र चेतनामुलक कार्यक्रम उपभोक्ताहरुले प्रदर्शन गरि २ वटाखानेपानी योजनाले पुर्ण सरसफाई युक्त योजना क्षेत्र घोषणा गरिएको हो ।
पुर्ण सरसफाई अभियान संचालन भएसंगै यहाँको वस्तीको मुहार फेरीएको छ । सफा र ब्यवस्थीत घर आँगनले गाउँटोलको शोभा समेत वढाएको छ । सवैका घरमा ब्यवस्थीत सौचालय भाँडा माज्ने चांग, जुठ्यान, फोहर फाल्ने खाडल, करेसावारी स्थापना, गाई भैसीको मलको ब्यवस्थापन, सुधारियको चुलो निर्माणले योजना क्षेत्रको सरसफाईमा चिटिक्क परेको छ । समुदायले सफाईमा सक्रिय देखाएपछि भैरवी गाउँपालका ग्रामीण जलस्रोत ब्यवस्थापन परियोजनाले सरसफाईका सामाग्री, हात धुने वाल्टीन, हर्पिक, फिनायल, शौचालय ब्रस, सावुन राख्ने सोप केश लगाएत विभिन्न सरसफाईका सामाग्री १ सय २२ घरधुरीलाई हस्तान्तरण गरेको थियो ।
योजना क्षेत्र वाहिरका समुदायले पनि आफ्ना टोलहरुलाई यस कार्यक्रमले सरसफाई गर्न हौसाएको स्थानीयले वताएका छन् । पुर्ण सरसफाई युक्त घोषणा कार्यक्रममा स्थानिय महिलाहरुले आफ्नो क्षेत्रको विभिन्न झाँकी, सरसफाई सम्बन्धी नाटक, गित तथा मनोरन्जनात्मक कार्यक्रमहरु संचालन गरेका थिए ।
नेपाल सरकारले पुर्ण सरसफाई अभियान संचालन २०७३ को निति अनुरुप पुर्ण सरसफाई कार्यान्वयन गर्न खानेपानी तथा सरसफाईको पहुँच सवै समुदायमा पराउने उद्धेश्यले भैरवी गाउँपालिका ग्रामीण जलस्रोत ब्यवस्थापन परियोजनाले पहिलोमा काउले ओडार तुसारेपानी खानेपानी तथा सरसफाई योजना र दोस्रोमा धुरस्या धाराखोला खानेपानी तथा सरसफाई योजनालाई पुर्ण सरसफाई घोषणा गरेको हो । पुर्ण सरसफाई अभियान अगाढी वढाउन यस गाउँपालिकाका वडा नं. १ देखी ७ सम्म सम्पन्न खानेपानी योजना क्षेत्रहरुमा समुदायलाई पुर्ण सरसफाई सम्बन्धी विभिन्न क्षमता विकास तालीम तथा सहजीकरण भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *