दैलेखको भैसीखोरमा अस्थायी प्रहरी चौकी स्थापनाको तयारी

मातृभूमी संवाददाता । २१ माघ दैलेख
विगत तीन वर्षदेखि प्रहरी बिट रहेको नारायण नगरपालिका ४ भैसीखोरमा अस्थायी प्रहरी चौकी स्थापनाको तयारी थालिएको छ । वढ्दो वजारीकरणसँगै नारायण नगरपालिका वडा नं. ३, ४, ५ र १० हेर्दै आएको उक्त विटलाई त्यहाँका नागरिकको आवश्यकता अनुसार अस्थायी प्रहरी चौकी स्थापनाको तयारी थालिएको हो ।
विहीवार दैलेख प्रहरी प्रमुख डिएसपी भुवनेश्वर प्रसाद साहले त्यहाँका नागरिक तथा सरोकारवालासँग भेटघाट गरी अस्थायी प्रहरी चौकी स्थापनाको वारेमा छलफल गरेको वताए । प्रहरी वस्नको लागी आवश्यक भवनको खोजी भएको र उपयूक्त भवन भेटीएमा तत्काल काम अगाडि वढाईने प्रहरी प्रमुख डिएसपी साहले वताए । ‘हामीले यहाँका नागरिकलाई सहज सेवा प्रवाह गर्न र यहाँको आवश्यकतालाई मध्यनजर गर्दै काम अगाडि वढाउँछौ’ प्रहरी प्रमुख डिएसपी साहले भने, ‘सवै सरोकारवाला निकाय तथा आम नागरिकले साथ दिए प्रहरी बिटलाई स्तरवृद्धि गरी तत्काल अस्थायी प्रहरी चौकी स्थापनाको काम गर्छौँ ।’
प्रहरी प्रमुख डिएसपी साहले त्यस ठाउँमा प्रहरी चौकी स्थापनाका गर्नका लागी आवश्यकता अनुसार उपयुक्त जग्गा समेत भए नभएको वारेमा अध्ययन गरीने
वताए । प्रहरी प्रमुख डिएसपी साहका अनुसार त्यहाँका नागरिकसँग समन्वय गरेर चौकी स्थापनाका लागी आवश्यक छलफल समेत भएको छ ।
२०५४ सालदेखि प्रहरी चौकी स्थापनाको लागी पहल गरिएको भएपनि २०७५ पुस ८ गते प्रहरी बिटको स्थापना भएको नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा नेता टेकबहादुर कटुवालले वताए । ‘हामीले प्रहरी चौकी स्थापनाको लागी धेरै पहल गर्‍यौं जनशक्ति अभाव भन्दै प्रहरी चौकी स्थापना भएको थिएन’ महाधिवेशन प्रतिनिधि कटुवालले भने, ‘तर तीन वर्ष अघि प्रहरी बिट त स्थापना भयो यस ठाउँको आवश्यकता अनुसार अस्थायी प्रहरी चौकी स्थापना भए राम्रो हुने थियो ।’ नेता कटुवालले सवै सरोकारवाला निकायसँग समन्वय गरेर प्रहरी चौकी स्थापनाको तयारी थालिएको वताए ।
भैसिखोरमा प्रहरी चौकी स्थापना हुने भएपछि स्थानीय वासिन्दा समेत खुसी भएका छन् । यहाँ प्रहरी विट स्थापना हुँदा आफुलाई सुरक्षीत महसुस गरेका थियौँ । एक स्थानीयले भने, ‘अव प्रहरी चौकी नै स्थापना हुने भएपछि झन् खुसी लागेको छ । यहाँ प्रहरी चौकीको आवश्यकता पनि छ ।’
नारायण नगरपालिका ४ मा रहेको भैसिखोर वजार महावु गाउँपालिका र नौमूले गाउँपालिका तथा कालिकोटको महावै गाउँपालिका जोड्ने मुख्य नाका समेत हो । भैसिखोर वजार नौमूले, महावु र कालिकोट महावै गाउँपालिका जान ट्रान्जिट प्वाइन्टको रुपमा रहेको छ । हाल दैलेखको नौमूले गाउँपालिका प्रवेश गर्न अनिवार्य भैसिखोर वजार पुग्न पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *