नेकपा एमाले दैलेखको अध्यक्षमा रबिन्द्रराज शर्मा बिजय

मातृभूमी राजनीतिक ब्यूरो । ०२ फागुन दैलेख
नेकपा एमाले दैलेखको अध्यक्षमा पुनः रबिन्द्रराज शर्मा बिजयी भएका छन् । शर्माले निकटतम प्रतिद्वन्दी सुर्य बहादुर शाहीलाई १ सय ५१ मतान्तरले हराउँदै शर्मा बिजयी भएका हुन् ।
नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो । बिजयी शर्माले ४ सय १४ मत सहित बिजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी शाहीले २ सय ६३ मत प्राप्त गरेका छन् ।
यसैगरी एमाले दैलेखको उपाध्यक्षमा प्रेमबहादुर बुढा बिजयी भएका छन् । ४ सय ५९ मत सहित बिजयी भएका बुढाले आफ्ना निकटतम प्रतिद्वन्दी टोपबहादुर बुढा ३ सय ४३ मतको फराकिलो मतान्तरले पराजित गर्दै प्रेमबहादुर उपाध्यक्षमा बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी टोपबहादुरले १ सय १६ मत प्राप्त गरेका छन् ।
यसैगरी एमाले दैलेखको सचीवमा तिलक प्रसाद रिजाल बिजयी भएका छन् । ३ सय ६५ मत सहित रिजाल सचीवमा बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी रुद्र बहादुर शाहीले ३ सय २ मत प्राप्त गरेका छन् । शाही ६३ मतले पराजित भएका छन् ।
अन्य पदाधिकारी र सदस्यहरू पुर्ण विवरण आउन बाकी रहेको निर्बाचन कमिटीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *