एमाले दैलेखको नेतृत्वका लागी शर्मा र शाहीबीच रस्साकस्सी

मातृभूमी राजनीतिक ब्यूरो । ०२ फागुन दौलेख
नेकपा एमाले दैलेखको स्थगित जिल्ला अधिबेशन अन्तरगत निर्वाचन बुधबार (आज) भैरहेको छ । खसेको मत भन्दा ३१ मत बढी भेटिएपछि मतगणनाको अन्तिम चरणमा स्थगित भएको थियोे । ७ औं जिल्ला अधिबेशन अन्तरगत बुधबार (आज) भैरहेको निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने छ ।
जिल्ला अध्यक्षका लागि बर्तमान पार्टी अध्यक्ष रबिन्द्रराज शर्मा र पुर्ब जिबिस उपसभापति सुर्यबहादुर शाही चुनावी मैदानमा छन् । यसैगरी उपाध्यक्षका पदका लागी प्रेमबहादुर बुढा र टोपबहादुर बिसि मैदानमा छन् भने सचिबका लागि युवा नेता रुद्रबहादुर शाही र पुराना नेता तिलक प्रसाद रिजालबीच प्रतिस्पर्धा भैरहेको छ । जिल्लाको नेतृत्वका लागी आ-आफुले जित्ने दाबी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *