दैलेखको डुङ्गेश्वर गाउँपालिकामा एमाले विजयी

मातृभूमी राजनितिक व्युरो । ०२ जेष्ठ दैलेख
नेपाली काँग्रेसको गढ मानिएको दैलेखको डुङ्गेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेबाट अध्यक्षका उम्मेदवार सुन्दरकुमार केसीले निवर्तमान अध्यक्ष नगेन्द्रबहादुर मल्ललाई पराजित गरेका हुन् । एमालेका केसी ३ हजार ४ सय ६ मत सहित गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका मल्लले ३ हजार ३ सय ३६ मत ल्याए । मल्ल ७० मतले पराजित भए ।
यस्तै उपाध्यक्षमा एमालेका कलावती न्यौपाने ३ हजार ५ सय ७७ मत सहित निर्वाचित भएकी छन् । न्यौपानेका निकटतम प्रतिद्धन्दी काँग्रेसकी एलिजा कुमारी थापाले ३ हजार १ सय ५२ मत प्राप्त गरिन् । काँग्रेसकी थापा ४ सय २५ मतान्तरले पराजित भएकी हुन् । यहाँ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो ।
यस गाउँपालिकाका ६ वडा मध्ये ४ वटा एमाले विजयी हुँदा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले १/१ वडा जितको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नंं. १ मा नेकपा माओवादी केन्द्रका श्यामबहादुर राना, वडा नं. २ मा नेपाली काँग्रेसका यामबहादुर विष्ट, वडा नंं ३ मा एमालेका कृष्ण बहादुर खत्री, ४ मा नगेन्द्रबहादुर बुढा, ५ मा पर्वलाल शर्मा र ६ मा मान वहादुर थापा मगर वडाध्यक्षमा निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *