दैलेखमा कांग्रेस ९, एमाले ८, माओवादी २ र समाजवादी १ पालिका प्रमुख/उपप्रमुख विजयी

मातृभूमी राजनितिक व्युरो । ०४ जेष्ठ दैलेख
यहि वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तरगत दैलेखका ११ मध्ये १० पालिकाको नतिजा सार्वजनिक भैसकेको छ भने १ पालिकाको मतगणना भैरहेको छ । ९० वडा रहेको दैलेखमा ८७ वडाको नतिजा सार्वजनिक भैसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यहाँका १० पालिकामा नेपाली कांग्रेस ५ प्रमुख र ४ उपप्रमुख सहित ९ मा विजयी भएको छ भने नेकपा एमाले ३ प्रमुख र ५ उपप्रमुख सहित ८ मा विजयी भएको छ । यस्तै नेकपा माओवादी केन्द्र २ पालिका प्रमुख र नेकपा एकिकृत समाजवादी १ पालिका उपप्रमुखमा विजयी भएको छ ।
नेपाली कांग्रेसले महावु गाउँपालिकाको प्रमुख/उपप्रमुख, भैरवी गाउँपालिकाको प्रमुख/उपप्रमुख, चामुण्डा विन्द्रासैनी नगरपालिकाको प्रमुख/उपप्रमुख, भगवतीमाई गाउँपालिकाको उपप्रमुख र ठाँटिकाँध गाउँपालिकाको प्रमुखमा विजयी भएको हो ।
यस्तै नेकपा एमालले नारायण नगरपालिकाको प्रमुख/उपप्रमुख, डुङ्गेश्वर गाउँपालिकाको प्रमुख/उपप्रमुख, गुराँस गाउँपालिकाको प्रमुख/उपप्रमुख, दुल्लु नगरपालिका र ठाँटिकाँध गाउँपालिकाको उपप्रमुख जितेको छ ।
यसैगरी नेकपा माओवादी केन्द्रले नौमूले गाउँपालिका र भगवतीमाई गाउँपालिकाको प्रमुख जितेको छ भने नेकपा एकिकृत समाजवादी नौमूले गाउँपालिकाको उपप्रमुख जितेको छ । अहिले दैलेखको आठविस नगरपालिकाको मतगणना भैरहेको छ ।
यस्तै ९० वडा रहेको दैलेखमा ८७ वडाको नतिजा सार्वजनिक भैसकेको छ । जसमध्ये नेपाली कांग्रेसले नारायण नगरपालिकाका ४, दुल्लु नगरपालिकाका ४, चामुण्डा विन्द्रासैनी नगरपालिकाका ३, आठविसका नगरपालिकाका ३, ठाँटिकाँध गाउँपालिकाका ४, भैरवी गाउँपालिकाका २, महावु गाउँपालिकाका ३, नौमूले गाउँपालिकाका ५, भगवतीमाई गाउँपालिकामा ४, डुङ्गेश्वर गाउँपालिकाका १, गुराँस गाउँपालिकाका २ वडा गरी ३५ वटा वडामा जित हाँसिल गरेको छ ।
यस्तै नेकपा एमालेले नारायण नगरपालिकाका ७, दुल्लु नगरपालिकाका ५, चामुण्डा विन्द्रासैनी नगरपालिकाका ३, आठविसका नगरपालिकाका ४, ठाँटिकाँध गाउँपालिकाका २, भैरवी गाउँपालिकाका ४, महावु गाउँपालिकाका १, नौमूले गाउँपालिकाका १, भगवतीमाई गाउँपालिकामा शुन्य, डुङ्गेश्वर गाउँपालिकाका ४, गुराँस गाउँपालिकाका ६ वडा गरी ३७ वटा वडामा जित हाँसिल गरेको छ ।
यसैगरी नेकपा माओवादी केन्द्रले दुल्लु नगरपालिकाका ३, महावु गाउँपालिकाका २, डुङ्गेश्वर गाउँपालिकामा १ वडा गरी ६ वटा वडामा जित हाँसिल गर्दा नेकपा एकिकृत समाजवादीले नौमुले गाउँपालिकामा २ र भगवतीमाई गाउँपालिकाका ३ वडा गरी ५ वडामा जितेको छ । भने भैरवी गाउँपालिकाको १ वडामा स्वतन्त्र विजयी हुँदा र चामुण्डा विन्द्रासैनी नगरपालिकाका ३ वडामा नेपाल मजदुर किसान पार्टी विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *