कराँते कुमेते ६८ प्लस फाईटमा दैलेखकी हेमा खड्का प्रथम

मातृभूमी संवाददाता । २३ भाद्र दैलेख
दैलेखकी हेमा खड्का ६८ प्लस कराँते कुमेते फाईटमा पहिलो भएर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएकी छन् । कणर्ाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सम्पन्न खेलमा प्रदेश ६८ प्लसक कराँते कुमेते फाइटतर्फ हेमा खड्का प्रथम हुँदै राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएकी हुन् ।
करिब ८ वर्ष पहिले गाडी दुर्घटनामा परेर शक्त घाइते भएकी खडका केही बर्षपछि खेलमा सहभागी भएकी हुन् । खड्काले भनिन् ‘गाडी दुर्घटनाले गर्दा खेल्न नसकेर छाडेको थिए । प्रदेश र जिल्लाको नाम उच्च राख्न खेलमा सहभागी भएर प्रथम बनेर राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेगरि छनौट हुँदा आफुलाई गर्व लागेको छ ।’ उक्त प्रतियोगितामा सुर्खेतकी दिपा बिक दोश्रो र जाजरकोटकी अनिशा सिंह सुनार तेस्रो भएका छन् ।
त्यसैगरी ६७ के.जि. तौल तर्फ दैलेखका हिक्मत रोका मगर प्रथम भएका छन् । जुम्लाका सुरेन्द्र शाह दोस्रो र सुर्खेतका लबीस थापा मगर तेस्रो भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *