गाउँपालिकाको जेसीवीले ठक्कर दिँदा एक जनाको मृत्यु

मातृभूमी संवाददाता । ०९ कात्तिक दैलेख
दैलेखको भैरबी गाउँपालिकाको जेसीवीले ठक्कर दिँदा गए राति एक जना पैदल यात्रीको मृत्यु भएको छ । जेसीवीले ठक्कर दिँदा भैरबी गाउँपालिका ३ कुराँह गाउँ निवासी ३९ वर्षीय धनु खातुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।
सहिद गेटदेखि डाँडीमाडी खण्डको सडक मर्मत गरेर सिलङ्गीतर्फ जाँदै गरेको भे १ क १६४२ नम्वरको जेसीवीले अगाडीबाट आइरहेको ट्रयाक्टरलाई साइड दिन ब्याक गर्दा पैदल यात्री खातुनलाई ठक्कर दिएपछि खातुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
भैरबी गाउँपालिका ४ डाँडीमाडी बजार क्षेत्रमा राति करिब ८ बजेतिर भएको दुर्घटना लगतै प्रहरीले चालक प्रबीणकुमार शाहीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *