दैलेखमा पिङवाट खसेर एक जनाको मृत्यु

मातृभूमी संवाददाता । ०९ कात्तिक दैलेख
दैलेखमा पिङ खेल्ने क्रममा पिङवाट खसेर एक जनाको मृत्यु भएको छ । दैलेखको नारायण नगरपालिका वडा नं. ६ काँडाचौर वसपार्कमा पिङ खेल्ने क्रममा पिङवाट खसेर १८ वर्षका नवराज बोगटीको मृत्यु भएको हो ।
वुधवार दिउँसो ४ वजेतिर पिङ खेल्ने क्रममा पिङवाट खसेर घाईते भएको वोगटीको जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एवं सुचना अधिकारी पुरुषोत्तम कार्कीले जानकारी दिए । मृतक वोगटीको शव पोष्ट मार्टमका लागी जिल्ला अस्पतालमा राखिएको र थप अनुसन्धान भैरहेको दैलेख प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *