दैलेख नौमूले वजारको एक कपडा पसलमा आगलागी

वसन्त वहादुर थापा मगर । १० कात्तिक दैलेख
दैलेखको नौमुले गाउँपालिका वडा नम्बर १ नौमुले बजारमा रहेको एक कपडा पसलमा आगलागी भएको छ । नौमूले वजार पुलचोकमा रहेको बिसाखर प्याकुरेलको कपडा पसलमा गएराति आगलागी भएको हो ।
आगलागीबाट झण्डै ६५ लाख रुपैयाँ बराबरको कपडा जलेर नस्ट भएको इलाका प्रहरी कार्यालय नौमुलेको प्रारम्भिक अनुमान छ । पसलमा बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय नौमुलेका प्रहरी प्रमुख तेजबहादुर बुढाथोकीले बताए ।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको थियो । पसलमा रहेको कपडा पुणर्रुपमा जलेर नष्ट भएको स्थानीले जानकारी दिएका छन् । कपडा पसल भएको घरमा नौमुले गाउँपालिकाको कार्यालय समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *