दैलेखको चामुण्डा बिन्द्रासैनीमा भेटियो शंकास्पद वस्तु

मातृभूमी संवाददाता । ०४ मंसिर दैलेख
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ५ स्थित जनता मावि बस्ताकोट मतदान स्थलमा शंकास्पद वस्तु फेला परेपछि मतदान सुरु हुन सकेको छैन । आइतबार (आज) बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिएपनि शंकास्पद वस्तु भेटिएपछि मतदान रोकिएको चामुण्डावाट पत्रकार सुरेन्द्र शाहीले वताए ।
अहिले कालीबक्स गण दुल्लुबाट सेनाको बम डिस्पोजल टोली मतदान केन्द्रमा पुगिसकेको छ । सेनाले उक्त वस्तु निष्क्रिय पारेपछि मतदान सुरु हुने पत्रकार शाहीले वताए । उक्त मतदान केन्द्रमा करिब १ हजार ९ सय मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *