निणर्य गर्ने अधिकार कँडेललाई

मातृभूमी राजनितिक व्युरो । २६ पौष सुर्खेत
नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारमा सहभागी हुने/नहुने, समर्थन गर्ने/नगर्ने विषयमा निणर्य गर्ने लगायतका सम्पूर्ण जिम्मेवारी दलका नेता यामलाल कँडेललाई दिएको छ । मंगलबार बसेको संसदीय दलको बैठकले सम्पूर्ण विषयमा निणर्य गर्ने अधिकार कँडेललाई दिएको हो ।
बैठकमा सहभागी प्रदेश सहइञ्चार्ज गुलाबजङ्ग शाहले सभामुखको बारेमा समेत निणर्य गर्ने अधिकार दलका नेतालाई दिइएको जानकारी दिए । प्रदेशसभामा एमालेको १३ सिट रहेको छ । एमालेले मुख्यमन्त्रीमा प्रमुख दाबी गरेको थियो । तर, केन्द्रबाट नै नेकपा माओवादी केन्द्रको भागमा परेपछि एमाले मुख्यमन्त्री हुनबाट वञ्चित भएको छ ।
यता कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ । प्रदेशमा एमालेको भागमा सभामुख पद परेको छ । कर्णाली प्रदेशसभाको सोमबार बसेको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको चुनाव माघ १ गते बिहान ११ः०० बजेका लागि तोकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *