पेट्रोलियम पदार्थ अन्वेषण : भैरवीकाे ४५ रोपनी जग्गा दिने सरकारको निणर्य

मातृभूमी संवाददाता । २४ माघ दैलेख
नेपाल सरकारले पेट्रोलियम पदार्थको अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका १ जलजलेको ४५ रोपनी जग्गा दिने निणर्य गरेको छ । मन्त्रिपरिषद् बैठकवाट उद्योग वाणिज्य मन्त्रालयको प्रस्तावमा जलजलेमा रहेको ४५ रोपनी जग्गा दिने निणर्य भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।
पेट्रोलियम पद्धार्थको अन्वेषणका लागि गरिने मुख्य काम ड्रिलिङ बाट पेट्रोलियम पदार्थ भण्डार भएको पुष्टि भएमा आर्थिक विश्लेषण अन्र्तगत भण्डारको आकार, प्रकार आयतन, व्यापारिक रूपमा उत्पादन गर्न सकिने/नसकिने आदिको विश्लेषण गरी प्रमाणित भण्डार ब्यपारिक प्रयोजनको लागि उपयुक्त छ/छैन भन्ने जानकारीका लागि ड्रिलिङ गर्नुपर्ने खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीले बताए ।
अन्ेबषणका लागि पेट्रोलियम जिओलाजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओ केमिकल स्याम्पलिङ र सेस्मिक सर्भे हो । पेट्रोलियम पदार्थको अन्वेषणका लागि नेपाल सरकार र चाइना सरकारको जिओलोजिकल सर्वे कम्पनी बिच २०१९ फेब्रवरी २८ मा सम्झौता भएको र सम्झौताको अवधि सन २०२२ फेब्रवरी २८ सकिएसँगै २०७८ चैत १४ गते बसेको मन्त्रीपरिषद्को बैठकले दुई वर्ष म्याद थप्ने निणर्य गरेको थियो ।
चिनियाँ प्राविधिक टोलिले जिल्लाका नारायण, दुल्लु, चामुण्डाविन्द्रासैनी नगरपालिका तथा भैरवी, महाबु, डुङ्गेश्वर, नौमूले र भगवतीमाई गाउँपालिकाका भू-भागलाई आधार मानेर साईस्मिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *