राउटेलाई खाद्यन्न सहयोग

मातृभूमी संवाददाता । २८ माघ दैलेख
सोसेक नेपालले राउटे बस्तिमा खाद्यन्न सहयोग गरेको छ । एइ.आई.एन लक्जेम्बर्गको आर्थिक सहयोग सोसेक नेपालद्धारा संचालित राउटे परियोजना मार्फत खाद्यन्न सहयोग गरिएको हो । प्रतिनिधि सभा सांसद सिता कुमारी राना, सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापा, उपाध्यक्ष कवि रिजाल लगायतको टोली बस्तिमा पुगेर सहयोग गरेको सोसेकका कार्यकारी निर्देशक हिरासिंह थापाले बताए ।
समुदायका प्रत्येक घरमा ३० केजीका दरले ४० घरलाई चामल, नुन तेल, तरकारी लगायतको खाद्यन्न वितरण गरिएको कार्यकारी निर्देशक थापाले बताए । राउटे बस्तिमा खाद्यन्नको समस्या रहेको र बस्तिमा करिब डेढ लाख बराबरको खाद्यन्न वितरण गरिएको थापाले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *