दैलेखका एघारै पालिकामा फैलियो लम्पी स्किन, एक गोरु मर्‍यो

मातृभूमी संवाददाता । २६ वैशाख दैलेख
दैलेखका एघारै पालिकामा गाईभैँसीमा लाग्ने लम्पी स्किन नामक रोगको प्रकोप फैलिएको छ । जिल्ला पशु अस्पताल तथा पशुसेवा कार्यालय दैलेखले जिल्लाका एघारै पालिकामा उक्त रोगको प्रकोप फैलिएको जानकारी दिएको छ ।
जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख भीम बहादुर विष्टले जिल्लाका एघारै पालिकामा लम्पी स्किन रोगको प्रकोप फैलिएको र त्यसका लागी स्थानीय तहसँग समन्वय गरी उपचार सुरु गरिएको जानकारी दिए ।
उनले सबै पालिकाका पशुशाखामा कार्यरत कर्मचारीसँग समन्वय गरेर लम्पी स्किन रोगको प्राथमिक उपचारका बारेमा स्थानीयलाई समेत जानकारी गराइरहेको बताए । लम्पी स्किन रोगका कारण दैलेखको आठबिस नगरपालिका ८ तिलेपाटामा एक गोरु मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *