संस्कृति संरक्षणमा सबैको भूमिका महत्वपुर्ण : मन्त्री उर्मिला

मातृभूमी संवाददाता । २९ भाद्र दैलेख
कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विश्वकर्माले पुराना संस्कृतिको संरक्षण गर्नुपर्ने बताएकी छन् । रेडियो मातृभूमि एफ.एम. ९६.५ मेगाहर्ज दैलेखले आयोजना गरेको जिल्ला स्तरीय तीज गीत प्रतियोगिता कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
मन्त्री विश्वकर्माले नारीहरूको महान् पर्व हरितालिका तीजको शुभकामना दिँदै चाडपर्वको गरिमालाई जोगाई राख्न सबै एक भएर लाग्नु पर्ने बताइन् । उनले संघीयताको सुन्दर पक्ष आफ्नो कुरा खुलेर राख्न पाउनु भएको भन्दै सरकारले गर्ने कामका विषयमा जनताले खवदारी गर्नुपर्ने धारणा राखिन् ।
उनले अहिलेको संघीय व्यवस्थाले महिलाका अधिकार सुरक्षित गरेको भन्दै अन्य ठाउँका भन्दा कणर्ालीका महिला उत्पीडनमा रहेकाले यहाँ जनचेतना जगाउन जरुरी रहेको बताइन् । मन्त्री विश्वकर्माले पुराना संस्कृति संरक्षणमा महिला पुरुष सबैको सबैको महत्वपूणर् हुने धारणा राखिन् ।
उनले आफू सरकारमा रहुन्जेल महिला लगायत आम कणर्ालीका नागरिकका लागि राम्रा कामहरू गर्ने प्रतिबद्धता जनाइन् । जनताको बलिदानबाट आएको अहिलेको संघीय व्यवस्था संस्थागत गर्न नागरिकको भूमिका महत्वपूणर् हुने दावी गरिन् ।
यस्तै नारायण नगरपालिका दैलेखका उप-प्रमुख तप्ता कुमारी थापाले महिलाहरूले यस्ता खालका जनचेतना मूलक कार्यक्रममा सहभागिता जनाउनुपर्ने बताइन् । उनले सबैले संस्कृति संरक्षणमा ध्यान दिनुपर्ने बताउँदै स्थानीय सरकारले यहाँका पुराना संस्कृति संरक्षणमा काम गर्दै आएको धारणा राखिन् ।
उपप्रमुख थापाले, संस्कृतिलाई संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै पछिल्ला वर्षमा संस्कृति हराउँदै गएको र नारिएका वेदना समेटेर गाइने तिजका भाका अहिले हराउदै जाँदा पुरानो संस्कृति जोगाउन स्थानीय सरकार लागेको वताईन् ।
कार्यक्रममा दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले यस्ता कार्यक्रमले जिल्लामा लोप हुँदै गएका पुराना संस्कृति संरक्षणमा मद्दत पुग्ने बताए । उनले तिजका गीतहरूबाट सचेतना समेत जगाउन सकिने समेत बताए । उनले जिल्लामा रहेका पुराना संस्कृति जोगाउन आम नागरिक र सम्बन्धित निकाय एक हुनुपर्ने बताए ।
कोइरालाले तिज खास गरी महिलाको पर्व भएकाले तिजका गितबाट महिलाले आफ्नो अधिकारका लागि आवाज उठाउनु पर्ने धारणा राखे । उनले यस्ता खालका प्रतियोगिताले समाज रूपान्तरणमा मद्दत पुर्‍याउने बताउँदै तीन तहका सरकारले महिला शसत्तिकरणका कार्यक्रमलाई प्रमुखताका साथ अघि बढाउनु पर्ने वताए ।
जिल्ला स्तरीय तीज गीत प्रतियोगितामा ६ वटा समुहको सहभागिता रहेको थियो । महिला तथा वालवालिका सम्वन्धी भएको तीज गीत प्रतियोगितामा लालिगुरास समुह ना.न.पा. ८ प्रथम, लिला सोनि समूह डुङेश्वर गा.पा. २ द्धितिय र हरियाली आमा सामुह ना.न.पा. ६ भुर्तीले तृतिय स्थान हाँसिल गरेका थिए । प्रथम, द्धितिय र तृतिय हुने समुहले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार सहित प्रमाण पत्र हात पारेको आयोजक रेडियो मातृभूमी एफ.एम. ९६.५ मेगाहर्ज दैलेखले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *