बालकुमारी घटनाको बिरोधमा दैलेखमा आज पनि प्रदर्शन

मातृभूमी संवाददाता । १६ पौष दैलेख
ललितपुरको बालकुमारीमा भएको आन्दोलनबाट दैलेख र अछामका गरि दुई जना युवाको मृत्यु भएपछि दैलेखमा चक्काजाम र बजार बन्द गर्दै युबा, र स्थानीयले प्रदर्शन गरेका छन् । मृतकका आफन्त, युबा र स्थानीयहरुले आज दिउँसो २ बजेदेखि चक्काजाम र बजार बन्द गर्दै प्रदर्सन गरेका हुन् ।
आन्दोलनरत स्थानीयले शनिबारदेखि नै दैलेख सदरमुकाममा आन्दोन गरिरहेका छन् । आईतवार पनि मृतकका आफन्त र स्थानीयले आन्दोलनसँगै दैलेखमा सवारी साधन र बजार बन्द गराएका थिए । दैलेख सदरमुकामको गणेश चोक, हाइस्कुल चोक लगायतका स्थानमा पीडित पक्षले टायर बालेर चर्को नाराबाजी गर्दै आन्दोलन गरेका थिए ।

तस्विरमा प्रदर्शन

Leave a Reply

Your email address will not be published. Required fields are marked *