दैलेख टेक्निकल स्कुलमा नयाँ व्याचका विद्यार्थीलाई स्वागत

मातृभूमी संवाददाता । २२ पुस दैलेख
दैलेख सदरमुकाममा रहेको दैलेख टेक्निकल स्कुलमा नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । दैलेख टेक्निकल स्कुल नारायण नगरपालिका १ दैलेखमा हेल्थ असिस्टेन्ट (HA) मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको हो ।
कार्यक्रममा प्रमुख आतिथी स्कुलका प्रशिक्षक एवं स्वास्थ्य सेवा कार्यालय दैलेखका डा. प्रयासविक्रम सिजापति रहेका थिए । कार्यक्रमका अन्य अतिथीहरुमा विद्यालयका प्रशिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तिहरु रहेका थिए ।
प्रमुख अतिथी तथा अन्य अतिथीहरुका साथै सिएमएलटीका विद्यार्थीहरुले नव आगन्तुक विद्यार्थीहरुलाई फुलमाला, खादा र अविरले स्वागत गरेका थिए । कार्यक्रममा सहभागी विद्यार्थीलाई स्वागत गर्दै सिनिएर व्याचका विद्यार्थीहरुले टेक्निकल स्कुलमा रहँदाको आफ्नो अनुभव समेत सुनाएका थिए । भने नयाँ व्याचका विद्यार्थीहरुले सिनिएर सेमेस्टर तथा स्कुलले आफुहरुलाइ सधै सर सहयोग गर्ने अपेक्षा सहित धन्यवाद प्रदान गरेका थिए ।
वि.सं. २०६९ सालमा स्थापना भएको दैलेख टेक्निकल स्कुलले विभिन्न प्राविधिक विषयहरु पढाउँदै आईरहेको छ । यसअघि विभिन्न १८ महिने प्री-डिप्लोमा कक्षाहरु संचालन गर्दै आईरहेको स्कुलले गत वर्षदेखी ३ वर्षे डिप्लोमा ल्याव टेक्निसियन र यो वर्षदेखी हेल्थ असिस्टेन्ट (HA) का कक्षाहरु पनि सुरुवात गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *