दैलेख सदरमुकाममा निःशुल्क स्वास्थ्य परीक्षण

मातृभूमी संवाददाता । २६ चैत दैलेख
दैलेख सदरमुकाममा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नारायण नगरपालिका स्वास्थ्य शाखाले दैलेख सदुुरमुकाममा विश्व स्वास्थ्य दिवसकाे अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो । विभिन्न उमेर समूहका १ सय ७८ जना स्थानीयहरुले स्वास्थ्य परीक्षण गराएको नारायण नगरपालिका स्वास्थ्य शाखाका प्रमुख लालबहादुर खड्काले जानकारी दिए ।
यस्ता शिविरले पछि हुने समस्याको समयमै पहिचान गरी उपचार गर्न सहज हुने स्वास्थ्य शाखा प्रमुख खड्काले वताए । नागरिकमा स्वास्थ्य चेतना र शिक्षाको विकास गर्ने उद्देश्यले मधुमेह र उच्च रक्तचापको परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख खड्काले वताए । उनले नसर्ने रोग अन्र्तगतका मधुमेह र उच्च रक्तचापका कारण नागरिकको अकालमा ज्यान जाने भएकोले नगरपालिकाले उक्त रोगको निःशुल्क परीक्षण गरेको वताए ।
खानपान, नियमित शारीरिक व्यायामको कमी तथा तनाव जस्ता कारणले उच्च रक्तचाप तथा मधुमेहका बिरामी दिनानुदिन बढ्दै गएको विभिन्न सर्वेक्षणहरूले देखाएका छन् । समयमै रोग पत्ता लगाई उपचार गरेको खण्डमा घातक शारीरिक समस्याहरू तथा जटिल रोगको शिकार हुनवाट वच्न चिकित्सको परामर्श लिन पनि उनले सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *