रेडक्रसको कर्णाली प्रदेश सम्मेलन सम्पन्न

मातृभूमी संवाददाता । २६ चैत दैलेख
कर्णाली प्रदेश सभाका सामाजिक विकास समितिका अध्यक्ष घनश्याम भण्डारीले अरुलाई बेठीक देख्ने प्रबृति छोडेर आफू ठीक ठाउँमा लागेर अरुहरुलाई समेत सुधार गर्नुपर्ने बताएका छन् ।
दैलेखको बेस्तडामा सम्पन्न नेपाल रेडक्रस सोसाइटीको पाँचौं कर्णाली प्रदेश सम्मेलन कार्यक्रममा उनले यस्तो वताएका हुन् । राजनीतिक नेतृत्वदेखि सार्वजनिक जिम्मेवारीमा भएकाहरुले कसैले प्रश्न गर्न नपाउने गरी निस्कलित रुपमा काम गर्न तत्परताले मात्र देश बन्ने सक्ने वताए ।
त्यस्तै कर्णाली प्रदेश सभाका सदस्य पूणर्बहादुर खत्रीले रेडक्रस मानवता र निष्पक्ष सेवाको पर्यावाची भएको कारण रेडक्रसकर्मीहरुले लोभ वा मोह त्याग्न आग्रह गरे । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष प्राध्यापक सुदर्शन नेपालले रेडक्रसमा आवद्धहरुले राजनीतिक भूमिका त्यागेर बिशुद्ध सामाजिक काममा लाग्न सुझाव दिए ।
नेपालले रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष बीरबहादुर बस्नेत, दैलेख शाखा अध्यक्ष निर्जन खत्री, जिल्ला मन्त्री लवराज शाही, भगवतीमाई उपशाखा अध्यक्ष कृष्णप्रसाद अधिकारी, भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले पनि आ-आफ्नो भनाई राखेका थिए ।
रेडक्रसको कर्णाली प्रदेश अध्यक्ष लिलाराम सुबेदीको अध्यक्षतामा भएको प्रदेश सम्मेलनमा कोषाध्यक्ष कटक बहादुर शाहीले प्रस्तूत गरेको अघिल्लो वर्षको खर्चको आयव्यय, आगामी वर्षको प्रस्तावित कार्यक्रम र रेडक्रसको कर्णाली प्रदेश महामन्त्री नरबहादुर नेपालीले प्रस्तूत गरेको सांगठनिक प्रतिवेदन पारित गरेको जानकारी दिइएको छ ।
नेपाल रेडक्रस सोसाइटीको दैलेखको बेस्तडामा आज सम्पन्न पाँचौं कर्णाली प्रदेश सम्मेलनमा कर्णाली प्रदेश क्षेत्रका १० जिल्लाका पदाधिकारी, प्रदेश समिति र यो प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय समितिका सदस्यहरु सहभागी रहेको रेडक्रसका केन्द्रीय सदस्य भेषराज थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *