रेडक्रसको भगवतीमाई उपशाखा भवन उद्घाटन

मातृभूमी संवाददाता । २६ चैत दैलेख
नेपाल रेडक्रस सोसाइटीको भगवतीमाई उपशाखाको तीन कोठा र एक शौचालय समेत भएको कार्यालय भवन उद्घाटन गरिएको छ । २५ लाख ४७ हजार ५ सय ११ रुपैंयाँको लागतमा निर्माण सम्पन्न भएको छ । भवन बनाउन भगवतीमाई गाउँपालिकाले दुई सय वर्गमीटर जग्गा उपब्ध गराएको थियो ।
भगवतीमाई गाउँपालिकाको केन्द्र बेस्तडा बजारमा रहेको उक्त भवन निर्माण गर्न नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजनाको २० लाख १७ हजार ६ सय १९ र उपशाखाको ५ लाख २९ हजार ८ सय ९२ रुपैंयाँ लागेको नेपाल रेडक्रस सोसाइटी उपशाखाका अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष प्राध्यापक सुदर्शन नेपालले बेस्तडामा एक औपचारिक कार्यक्रमबीच नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । त्यस्तै उनले सञ्चालित सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजनाको साझेदार ब्रिटिश तथा स्वीस रेडक्रस, भगवतीमाई गाउँपालिकाको सहयोग निम्ति धन्यवाद दिए ।
अध्यक्ष नेपालले रेडक्रस प्रतिको विश्वासले यी सहयोगहरु पाइएको बताउदै यो विश्वासलाई थप अभिबृद्धि गर्दै मानवीय सेवामा सबै रेडक्रसकर्मीहरु इमान्दारी पूर्वक लाग्न आग्रह गरे । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष बीरबहादुर बस्नेत, कर्णाली अध्यक्ष लिलाराम सुबेदी, दैलेख शाखा अध्यक्ष निर्जनकुमार खत्री लगायतका अधिकारीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *