पत्रकारितामा पनि सुधारको आवश्यकता : केन्द्रिय सदस्य रिजाल

मातृभूमी संवाददाता । २८ चैत दैलेख
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबिन रिजालले सुशासन र पारदर्शिताको खबरदारी गर्ने पत्रकारहरु कार्यदक्षता र व्यवहारमा सुधारको आवश्यकता रहेको वताएका छन् । नेपाल पत्रकार महासंघ दैलेखको साधारणसभा उद्घाटन कार्यक्रममा उनले यस्तो वताएका हुन् । केन्द्रीय सदस्य रिजालले पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवसायिक बनाउन पत्रकारहरुले आफूमा कार्य दक्षता अभिबृद्धिदेखि समाचार संकलनको काम र व्यक्तिगत जीवन शैलीमा पनि अनुकरणीय र सकारात्मक हुनुपर्ने वताए ।
त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख केशवबहादुर शाहीले आमसञ्चार माध्यमले आवाज बिहीनहरुको आवाजलाई अझैं बुलन्द गराउनु पर्ने सुझाव दिए । कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले पत्रकारहरुलाई सूचनाको पहुँच अभिबृद्धिमा आफू सहयोगी रहेको बताए ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा दैलेख बारका अध्यक्ष ललित थापा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु अमर सुनार, भूपेन्द्र शाही, बिष्णु शर्मा, पुस्कर थापा, महासंघका कोषाध्यक्ष तीर्थ भण्डारी लगायतले आ-आफ्नो भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *