बिधालयलाई आबश्यक सहयोग गर्छु : सांसद बिसी
मातृभूमि संवाददाता । ३० जेठ दैलेख
कर्णाली प्रदेश सभा सदस्य कृष्ण कुमार बिसीले छोटो समयमा प्रभाबकारी काम सम्पन्न गर्ने विद्यालय परिवारलाई धन्यवाद दिनुभएको छ । नौमूले गाउँपालिका ७ पैतिमा रहेको नेपाल राष्ट्रिय माद्यामिक बिध्यालयको नबनिर्मित भबनको उद्घाटन गर्दै प्रदेश सभा सदस्य बिसिले समयमा काम सम्पन्न नहुँदा बजेट फ्रीज भैरहने समस्या भएको बेला दैलेखका ११ पालिका मध्ये सबैभन्दा पहिला भबन निर्माण सम्पन्न गर्ने बिधालयलाई आगामी दिनमा आवश्यक सहयोग गर्ने बताए ।
बिधालयको भबन निर्माण सम्पन्न भएसँगै आफुले चुनावी अभियानका क्रममा नौमुले गाउपालिका ७ पैतिका जनतामाझ गरेको बाचा थोरै भएपनी पुरा गरेको प्रदेश सभा सदस्य बिसिले बताए । उनले यस क्षेत्रका नागरिकका साझा समस्या, बिकास निर्माणका कामलाइ आफुले बाचा गरे अनुरुप नै हुने प्रतिबद्धता समेत जनाए । सबै कामहरु यकै पटक पूरा हुन नसक्ने भन्दै सांसद बिसीले बिस्तारै यहाँका बिकास निर्माणका कामहरु हुने बताए ।
यस्तै जिल्ला समन्वय समिति दैलेखका प्रमुख नबराज शाहीले समयमै भबन निर्माण सम्पन्न गर्ने सम्पुर्ण सरोकारवालालाई धन्यवाद दिदै आगामी दिनमा बिधालयले १० कक्षा बाट १२ कक्षा पुर्याउन सफल हुनेछ भन्नेमा आफू बिस्वस्त रहेको बताए । प्रमुख शाहीले बिद्यार्थीको उज्वल भविस्यका लागि अभिभावकले चासो दिनुपर्ने बताए ।
यसैगरी नेपाली काङ्ग्रेस दैलेखका नेता गणेश उपाध्यायले वडाका सबै बिधालय भवनहरु निर्माण गरि बिद्यार्थीलाई पठन पाठनमा सहज गराउन सम्पुर्ण जनप्रतिनिधि र आम नागरिक लाग्नुपर्ने बताए ।
नौमुले गाउँपालिकाका उपाध्यक्ष गंगबहादुर शाही, सामाजिक बिकास कार्यालय दैलेखका प्रमुख महेशकेशर खनाल, नेपाल मगर संघ कर्णाली प्रदेश सभापति महेन्द्र राना, वडाध्यक्ष टेकबहादुर सिजाली लगायतले बिधालयको आगामी दिनको प्रगतिको कामना गरेका थिए ।

