रेडियो मातृभुमिको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न
मातृभूमी संवाददाता । १६ श्रावण दैलेख
रेडियो मातृभुमि एफ.एम.९६.५ मेगाहर्ज दैलेखको दोस्रो वार्षिकोत्सव कार्यक्रम दैलेखमा सम्पन्न भएको छ । दैलेखको एक लोकप्रिय रेडियोको रुपमा २ वर्ष अघि स्थापना भएको रेडियोले समाचार मुलक कार्यक्रमका साथै मनोरञ्जनात्मक कार्यक्रम प्रभावकारी रुपमा प्रशारण गर्दै आईरहेको छ ।
रेडियोको वार्षिकोत्सव समारोहको अवसरमा जिल्ला समन्वय दैलेखको हलमा आयोजित कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरु लगाएत राजनेैतिक दलका प्रमुख प्रतिनिधिहरु र सरकोकारवालाहरुको सहभागिता रहेको थियो ।

रेडियोको दोस्रो वार्षिकोत्सव कार्यक्रमको अवसरमा शुभकामना दिदैँ दैलेख जिल्ला समन्वय प्रमुख नमराज शाहीले हरेक सञ्चार माध्ययमहरुले सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्ने भन्दै त्यसका लागि पत्रकारहरुले खोज पत्रकारिताको विकास गर्नुपर्ने बताए । वार्षिकोत्सव समारोहको अवसरमा बोल्दै रेडियोका प्रवन्ध निर्देशक भिम सिजापतिले सञ्चारकर्मी र सञ्चारमाध्ययमका पिँडाहरु राज्यले सुन्न नसकेको भन्दै हरेक सञ्चारकर्मीहरुले मनका पिँडा लुकाएर भएपनि सुचना प्रशारण गर्नुपर्ने बाध्यता र चुनौति भएको बताए ।

