दैलेखका ११ पालिकामा कोरोना विरुद्धको खोप अभियान सञ्चालन

मातृभूमी संवाददाता । ०६ कात्तिक दैलेख
दैलेखका ११ पालिकामा कोरोना विरुद्धको खोप अभियान पुनः सञ्चालन गरिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखको आयोजना गरिएको कोभिड-१९ विरुद्धको फाइजर खोप अभियान अन्तर्गरत अभियान पुर्नः सञ्चालन भएको छ ।
दैलेखमा कोरोना विरुद्धको फाइजर खोप जिल्लाका ११ पालिकामा संञ्चालन हुने स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप व्यवस्थापक थिर प्रसाद रेग्मीले बताए । उनले १२ वर्ष माथि उमेर समूहका ११ हजारलाई कोरोना विरुद्धको फाइजर खोप सेवा संञ्चानलन गरिएको जानकारी दिए ।
कोरोना विरुद्धको फाइजर खोप दुल्लु नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, आठबिश नगरपालिका, ठाटीकाँध गाँउपालिका, गुराँस गाउँपालिका ,भगवतीमाई गाउँपालिका, डुङ्गेश्वर गाउँपालिकामा पहिलो चरणमा खोप अभियान संञ्चालन गरिएको उहाँले बताए ।
पहिलो चरणमा जिल्लाका सात पालिकाका प्रत्येक वडामा कात्तिक ५ देखि ६ गतेसम्म कार्यक्रम संञ्चालन गरिएको छ । यसैगरि नारायण नगरपालिका, भैरबी गाँउपालिका, नौमूले गाँउपालिका, महाबु गाँउपालिकामा कात्तिक ११ र १२ गते संञ्चालन गरिने भएको छ । अभियानलाई सफल बनाउन सबै सरोकारवाला निकायहरुले सक्रिय रुपमा लाग्नुपर्ने नारायण नगरपालिका दैलेख नगरप्रमुख लोमन शर्माले बताए । कोरोना विरुद्ध खोप लगाई सुरक्षित हुन उनले सबैलाई आग्रह गरे । यस्तै जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख केशवबहादुर शाहीले जिल्लामा कोरोना विरुद्धको खोप अभियानमा सबैले चासो राख्नुपर्ने बताए ।
उनले यस अभियानलाई सफल व्यवस्थित र प्रभावकारी रुपमा संञ्चालनका लागि सबै पक्षसँग उहाँले आग्रह गरे । कार्यक्रममा सबै नागरीकहरुलाई खोप अभियान कार्यक्रम अन्र्तरगत तोकिएको खोप केन्द्रमा पुगेर अनीवार्य रुपमा खोप लगाउन दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले आग्रह गरे ।उहाँले जिल्लामा खोप अभियानमा सबैले सहयोग गर्नुपर्ने बताए ।

