दैलेखमा जिप दुर्घटना १६ घाइते
भगवती कुमारी खत्री । ०१ पुष दैलेख
दैलेखको डुङ्गेश्वर गाउपालिकामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । आईतवार गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएर फर्किने क्रममा ग ३ च ७७४८ नम्वरको जिप डुङ्गेश्वर गाउपालिका ३ पुलिया नजिक दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी १६ जना यात्रु घाइते भएको डाँडापराजुल प्रहरीले जानकारी दिएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

