दैलेखको नौमूलेमा करेन्ट लागेर १६ बर्षिया बालिका गम्भीर घाइते
कमल प्रसाद जैसी । १७ पुस नौमुले दैलेख
दैलेखको नौमूले गाउँपालिका ६ सल्लेरीमा करेन्ट लागेर १६ बर्षिया बालिका गम्भीर घाइते भएकी छन् । नौमूले गाउँपाली ६ सल्लेरी धामीडाडा सडक नजिकै घाँस काट्ने क्रममा करेन्ट लागेर १६ बर्षिया बालिका सपना नेपाली गम्भीर घाइते भएकी हुन् ।
शिव शक्ति माध्यामिक विद्यालय कक्षा १० मा अध्यनरत १६ बर्षिया बालिका सपनालाई बुधबार दिउँसो करिब ४:३५ बजे करेन्ट लागेपछि स्थानीय युवा र वडाध्यक्षले उद्दार गरि नौमूले प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएका थिए । स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि सपनालाई दैलेख अस्पताल रिफर गरिएको नौमूले गाउँपालिका ६ का वडाध्यक्ष लालबहादुर चन्दले बताए ।
घटना स्थलमा नौमूले गाउँपालिकाका उपाध्यक्ष गंगबहादुर शाही, वडा नम्बर ६ का वडाध्यक्ष चन्द, स्थानीय युवाहरु, नेपाल विद्युत प्राधिकरण बितरण शाखा दैलेखका प्रमुख नरेशदत्त रावल, मर्मत प्रमुख मदन खड्का, इलाका प्रहरी कार्यालय नौमूलेका इन्चार्ज नवीन के.सी. नो लाईट फाट प्रमुख देवेन्द्र रेग्मी, गाडी चालक सुवास गुरुङ्ग लगाएतको टोलि धामीडाडामा पुगेर सपना घाँस काट्न चढेको काउलोको रुख ढालेर फर्किएको छ ।

