ठाटीकाँध गाउँपालिकाले युवाहरुलाई लोक सेवा र शिक्षक सेवा पढाउने


मातृभूमी संवाददाता । १८ पुष दैलेख

दैलेखको ठाटीकाँध गाउँपालिकाले युवाहरुलाई लोक सेवा र शिक्षक सेवा पढाउने भएको छ । लोक सेवा आयोग र शिक्षक सेवा आयोगले लिने परिक्षामा सक्षम बनाउने उद्देश्यले पढाउने भएको हो । गाउँपालिका भित्र स्थायी बसोबास गर्ने युवाहरुलाई लोक सेवा प्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउनका लागि निशुल्क रुपमा पढाउने गाउँपालिकाले जनाएको छ ।

निजामती सेवा र शिक्षण सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका युवाहरुलाई लक्षित गरेर लोक सेवा र शिक्षक सेवा आयोग पढाउने लक्ष्य राखेको ठाटीकाँध गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्यायले जानकारी दिईन् । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम लोक सेवा आयोग खरिदार/ना.सु वा सो सरहका तयारी कक्षा संचालन गर्न लागिएको उनले बताईन् । १८ वर्ष उमेर पुरा गरी लोक सेवा आयोगका लागि तयारी कक्षा लिन इच्छुक प्रशिक्षार्थीहरुले सूचना प्रकाशित गरेको छ ।

ठाटीकाँध गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायका अनुसार गाउँपालिकाले पहिलो पटक सूचना निकाल्दा चार/पाँच जना मात्र सम्पर्कमा आएको र भन्दै गाउँपालिकाले पुन दोस्रो पटक सूचना जारी गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाले लोक सेवा आयोग तयारी कक्षाका लागि चार लाख रुपैँया छुट्याएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *