कार्यालय समयमा मोबाईल चलाउन नपाइने
मातृभूमी संवाददाता । ०५ फागुन दैलेख
स्वास्थ्य सेवा कार्यालय दैलेखले कार्यालयमा कार्यरत कर्मचारी तथा स्वास्थकर्मीलाई सामाजिक संजाल तथा मोबाइल प्रयोग नगर्न भनेको छ । कार्यालय सञ्चालन तथा सेवा प्रवाहमा प्रतिकूल प्रभाव पर्ने भएकाले कर्मचारी तथा स्वास्थ्यकर्मीलाई कार्यालय समय अवधिभर सामाजिक सञ्जाल तथा मोबाइल फोनको प्रयोग नगर्न भनेको हो ।
सेवाग्राहीलाई छिटो छरितो र प्रभावकारी सेवा प्रदान गर्न सम्पूर्ण सेवाग्राहीहरूलाई अत्यावश्यक कार्य बाहेक सामाजिक सञ्जाल तथा मोबाइल फोनको प्रयोग नगर्न कार्यालयले आफ्ना कर्मचारी तथा स्वास्थ्यकर्मीलाई अनुरोध गरेको हो ।

