राम्रो कामको प्रशंसा गरौं : शर्मा


मातृभूमी संवाददाता । फागुन ०७ दैलेख
पूर्वसाँसद रबिन्द्रराज शर्माले असल कामहरुको प्रयास र प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा दैलेख सदरमुकाममा आयोजना गरिएको कार्यक्रममा उनले सकारात्मक कुरा र असल कामको प्रयास सबैले थालनी गर्नुपर्ने बताए ।पूर्वसाँसद शर्माले जताततै नकारात्मक मनोबृति र विचारधारा प्रसय पाएको बेला प्रशंसा र सकारात्मक काम गरिहाल्नेहरु ‘लभुताभास’मा बस्नुपर्ने स्थिति आएको बताउँदै असल प्रयासहरु थालनी नगरे समाज बिकृति र विसंतिको फस्ने खतरा रहेको बताए ।

यस्तै नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापाले २००७ सालमा आएको प्रजातन्त्र, त्यसपछिका धेरै राजनीतिक आन्दोलन र पछिल्लो उपलब्धी लोकतान्त्रिक गणतन्त्रमा प्राप्त भएको अधिकार र समावेशी राज्य संयन्त्रले पछाडि पारिएकाहरुका जाति, वर्ग, क्षेत्रले गौरब गरेको बताए ।

कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले व्यवस्था परिवर्तन हुँदा पनि आमनागरिकको अवस्था परिवर्तन नभएकोले सबै निकायले सर्वसाधारणको जीवनस्तर उठाउन ध्यान दिनुपर्ने बताए । उनले आफ्नो अधिकारको उपभोग गर्दा अरुको अधिकारको सम्मान गर्नुपर्ने सुझाव दिए ।

महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाही, नेपाली काँग्रेका जिल्ला सभापति मणिराम रेग्मी, एमाले सचिव हिमालयजंग शाह, माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल नेपाली, नेकपा एसका अध्यक्ष मायाराम अधिकारी, नेमकिपाका रत्नेश श्रेष्ठले प्रजातन्त्र दिवस र वर्तमान राजनीतिक परिवेश बारे आ–आफ्‌नो भनाई राखेका थिए ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका प्रतिनिधिहरु दैलेख उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा र नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनारले प्रजातन्त्र दिवसको महत्व बारे प्रकाश पारे । त्यस अघि दैलेख सदरमुकाममा झाँकी र नारा सहितको प्रभातफेरीले नगर परिक्रमा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *