दैलेखमा विद्युतिय गाडि दुर्घटना ४ जना घाईते, चालक फरार
फाेटाेः विशाल सुनार
मातृभूमी संवाददाता । १२ चैत्र दैलेख
दैलेखमा विद्युतिय गाडि दुर्घटना हुँदा चार जना घाईते भएका छन् । दैलेख सदरमुकामबाट आठबीस नगरपालिका जादैँ गरेको कर्णाली प्रदेश ०२००१ ज ०६२१ नम्बरको विद्यूतिय गाडि हुँदा चार जना घाईते भएका हुन् । आज भएको विज्ञान विषयको पुरक परिक्षा दिएर घर फर्कदै गरेका चार जना विद्यार्थी घाईते भएका हुन् ।
मध्यपहाडी राजमार्ग अन्तरगत भैरवी गाउँपालिका २ रावतकोट वडा कार्यालय नजिक तिव्र गतिका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले वताएका छन् । घाईते हुनेहरुमा ठाँटिकाँध गाउँपालिका ५ का १८ वर्षीय हिक्मत शाही, १८ वर्षीया जलधरा शाही, १८ बर्षीया शर्मिला विश्वकर्मा र आठबीस नगरपालिका ८ का १८ वर्षीय बहुविर शाही रहेका छन् ।
घटना लगतै स्थानीबासीले घाइतेहरुकोे उद्धार गरी भैरवी गाउँपालिकाको गाडीमा उनीहरुलाई दैलेख अस्पताल ल्याईएको थियो । दैलेख अस्पतालमा उपचारपछि हिक्मत शाही डिस्चार्ज भएका छन् । अन्य घाईते तीन जनालाई थप उपचारका लागी प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको छ ।
गाडी सडकबाट झण्डै दश पन्ध्र मिटर तल खसेको छ । गाडी चालक फरार रहेको र खोजी कार्य जारी रहेको दैलेखका प्रहरी प्रमुख डिएसपी शुनिल दाहालले जानकारी दिए ।

